# भर्खरै
Namaste Icon
Ad

एक्कासि गम्भीर बिरामी भएका नेकपा सांसद राधेश्यामलाई काठमाडौँ ल्याईयो

एक्कासि गम्भीर बिरामी भएका नेकपा सांसद राधेश्यामलाई काठमाडौँ ल्याईयो

काठमाडौँ। राष्ट्रिय सभाका सांसद राधेश्याम पासवान एक्कासि गम्भीर बिरामी परेपछि उपचारका लागि काठमाडौं लगिएको छ। सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानी घर भएका पासवान शनिबार दिउँसो घरमै एक्कासि बेहोस भएपछि केहीबेर अघि उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको सत्तारुढ दल नेकपा सर्लाही जिल्ला कमिटीका सचिव कमल बुढाथोकीले जानकारी दिए।

हरिवनस्थित स्वाभिमान अस्पतालमा सामान्य उपचारपछि उनलाई दिउँसो सवा ४ बजे काठमाडौं लगिएको हो। पासवान नेकपाबाट निर्वाचित राष्ट्रियसभा सदस्य हुन्। पासवानलाई पक्षघात भएको आशंका चिकित्सकले गरेका छन्। ‘उहाँको देब्रे अंगमा प्यारालाइसिसको समस्या देखिएपछि काठमाडौं पठाएका छौँ,’ सचिव बुढाथोकीले भने, ‘उहाँलाई तत्कालै बल्खुस्थित बयोधा अस्तालमा भर्ना गर्ने व्यवस्था मिलाइएको छ।’ बयोधमा आइसियु र भेन्टिलेरको व्यवस्था मिलाएर उनलाई हेलिकप्तर मार्फत् काठमाडौं लगिएको हो।

सांसद पासवान बिरामी भएको जानकारी पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले हरिवनस्थित अस्पतालमै पुगेर उनलाई भेटेका छन्। मन्त्री यादव आज मात्रै सर्लाही आइपुगेका हुन्।

त्यसैगरी नेकपाका केन्द्रीय सदस्यद्वय प्रल्हाद बुढाथोकी र अच्युतम काफ्ले, प्रदेश २ का सांसद डिल्ली उप्रेती, बेची लुंगेली लगायतका नेताले पनि सांसद पासवानलाई अस्पतालमै पुगेर भेटेका छन्।

Ad

सम्बन्धित समाचारहरु

विप्लव समूहका ६ जना नेताकार्यकर्ता पक्राउ

विप्लव समूहका ६ जना नेताकार्यकर्ता पक्राउ

लमजुङ । विस्फोटक पदार्थसहित नेत्रविक्रम चन्द समूहका ६ नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दोर्दी गाउँपालिका– ५ खिमचोक पाँचस्वाँरामा उनीहरुले अवाच्छनीय गतिविधि गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा आज अपराह्न १ बजे प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाको नेतृत्वमा गएको टोलीले उनिहरुलाई घेराबन्दी गरेर पक्राउ गरेको हो ।

फक्ताङ्लुङमा ओली पत्नीद्वारा ५ लाखको अक्षयकोष स्थापना

ताप्लेजुङ। प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यले फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपस्थित घुन्सा निमाविका विद्यार्थीका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad