# भर्खरै
Namaste Icon
Ad

कोञ्ज्योसोमको शंखुमा प्राकृतिक साकोसको अत्याधुनिक सदस्य सेवा काउन्टर

कोञ्ज्योसोमको शंखुमा प्राकृतिक साकोसको अत्याधुनिक सदस्य सेवा काउन्टर

ललितपुर। 'बचत गरौँ भविष्य सपारौं' भन्ने मूल नाराका साथ् स्थापित प्राकृतिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको शंखुमा आफ्नो अत्याधुनिक सदस्य सुविधा काउन्टर सुरुवात गरेको छ। गोदावरी नगरपालिका १० चापागाउँमा मुख्य कार्यालय रहेको संस्थाको दक्षिण ललितपुरका शेयर सदस्यलाई सहज रुपमा सेवा दिने द्देश्यका साथ शंखुमा सदस्य सेवा काउन्टरको साथै विप्रेषण (रेमिटेन्स ) सेवा सुरुवात गरेको संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले बताए।

उक्त अवसरमा कोञ्ज्योसोम गाउँपालिका प्रमुख गोपीलाल सिंङ्तानले काउन्टरको उद्घाटन गरेका थिए। प्रमुख अतिथिसमेत रहेका गाउँपालिका प्रमुख सिङ्तानले सहकारीको माध्यमबाट गाउँको आर्थिक विकास र समृद्धिमा टेवा पुर्यानका लागि निरन्तर रुपमा प्राकृतिक साकोसले संचालन गरेको अभियानको प्रशंसा गर्दै गाउँपालिकाले पनि यस्ता संघ संस्था संग समन्वय गरी ग्रामीण क्षेत्रमा कृषिको प्रवर्धन र उद्यमशीलताका कार्यक्रम अगाडी बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। यसैगरी संखुका वडाध्यक्ष ध्रुवप्रसाद घिमिरेले शंखुका जनतालाई समृद्ध बनाउन प्राकृतिक साकोसले सदस्य सेवा सुरु गर्दा यसले शेयर सदस्य लगायत सबैको आर्थिक उत्थानमा  महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।

उक्त कार्यक्रममा विजया दशमी, शुभ दिपावली , छठ लगायतका पर्वको अवसरमा शुभकामना समेत आदानप्रदान गरिएको थियो। यसैगरी कृषि ज्ञान केन्द्र ललितपुरद्वारा अनुदानमा वितरण गरिएको कृषि औजार समेत वितरण गरिएको छ। जसमा २ जना कृषकलाई चेपकटर तथा २ वटा कृषक समूहलाई संयुक्त रुपमा कर्न सेलर वितरण गरिएको संस्थाका अध्यक्ष तिमल्सिनाले जानकारी दिएका छन्।उक्त कार्यक्रमको विशेष अतिथि तथा अतिथिको रुपमा पालिका उपप्रमुख मिङ्मा लामा, वडाध्यक्ष ध्रुवप्रसाद घिमिरे , वडा सदस्यहरु पद्मनारायण तिमल्सिना,रमिला घिसिङ तथा शान्ति समाज ललितपुरका जिल्ला सभापति चन्द्रमणि बन्जाराको सहभागिता रहेको थियो। 

Ad

सम्बन्धित समाचारहरु

चिनीको मूल्य बढ्यो, अब उपभोक्ता मूल्य साढे ७७ रुपैयाँ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चिनीको नयाँ मूल्य निर्धारण गरेको छ । ३ मंसिरसम्म ७० रुपैयाँ प्रतिकिलोमा चिनी बिक्री गर्दै आएको कर्पोरेसनले चिनीको उपभोक्ता मूल्य बढाएर साढे ७७ रुपैयाँ पु¥याएको हो । कर्पोरेशनले बिक्री गर्ने चिनीको डिलर मूल्य ७७. दशमलव २० रुपैयाँ रहेको छ । कर्पोरेसनले हालैमात्र भारतबाट आयात गरेको २० हजार मेट्रिक टन चिनीको नयाँ मूल्य निर्धारण गरेको हो । उक्त चिनीको मूल्य प्रतिकेजी ७७ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । उक्त मूल्य डिलरका लागि हो । वीरगञ्जमा भने डिलरमा प्रतिकेजी चिनी ७४ दशलमव ५० रुपैयाँ पर्ने कर्पोरेसनले जानकारी दिएको छ । आमउपभोक्ताले चिनी खरिद गर्नका लागि १ सय ५५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । कर्पोरेसनले बिक्री गर्ने चिनीको प्याकेटमा दुई केजी रहेको छ ।

ललितपुर चेम्बर अफ कमर्सका व्यवसायीलाई मेडीसिटी अस्पतालको विशेष हेल्थ प्याकेज

ललितपुर । ललितपुर चेम्बर अफ कमर्स र ललितपुरको मेडीसिटी अस्पताल बीच चेम्बरमा आबद्ध उद्यमी व्यवसायीलाई विशेष स्वास्थ्य प्याकेज एबम स्वास्थ्य सेवामा छुटको व्यवस्था हुने गरी द्वीपक्षीय आपसी सहमतिपत्र (MOU) मा हस्ताक्षर भएको छ। सोमबार मेडीसिटी अस्पतालमा आयोजित विशेष समारोहमा ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य र अस्पतालका महाप्रबन्धक विजय रिमालबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad