Namaste Icon
Ad

सस्ताेमा पोको एम–२ र पोको सी–३ मोबाइल बजारमा, यस्ता छन विशेषता

सस्ताेमा पोको एम–२ र पोको सी–३ मोबाइल बजारमा, यस्ता छन विशेषता

काठमाडौं । स्मार्टफोन ब्रान्ड पोकोले पोको एम–२ र पोको सी–३ मोबाइल सार्वजनिक गरेको छ । यो भन्दाअगाडि सन् २०१८ मा पोको एफ–१ सार्वजनिक गरिएको थियो । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीका अनुसार पोकोले पहिलै मी फ्यानहरू र प्रयोगकर्ताहरूबाट निकै राम्रो प्रतिक्रिया पाएको र नेपालमा यी ब्रान्डका दुई नयाँ स्मार्टफोेनहरू सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताएका छन् ।


पोको एम–२ मा मिडियाटेक हेलियो जी–८० अक्टा—कोर प्रोसेसरका साथै २।० जीएचजेड मा दुई कोटेक्स—ए ७५ र १.८ जीएचजेडमा छ । कोटेक्स–ए ५५ को साथ आउने यसले पर्फमेन्स र दक्षताबीच सन्तुलन झल्काउने दावी कम्पनीले गरेको छ । मिडियाटेक गेमिङ विशेषताका साथ पोको एम–२ प्रयोगकर्ताले आर्कषक गेमिङको आनन्द लिन सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।


पोको एम–२ मा ६ जिबी रोम र ६४ जिबी स्टोरेज भेरियन्टको मूल्य १८ हजार ९ सय ९९ रुपैयाँ मूल्य रहेको छ । यो फोन ब्रिक रेड, पिच ब्लाक र स्लेट ब्लु कलरमा उपलब्ध रहेको छ । त्यसैगरी पोको एम–२ आर्कटिक ब्लु, लाइम ग्रीन र म्याट ब्लाक रंगहरूमा ४ जिबी रोम र ६४ जिबी स्टोरेज भेरियन्टको मूल्य १४ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।


पोको सी–३ मा टु–टोन डिजाइन अभिलक्षणका साथ पोको सी–३ मा ट्रिपल क्यामेरा फोन रहेको छ । यसमा सेट अपमा १३ एमपी प्राइमरी सेन्सर, २ एमपी म्याक्रो सेन्सर र १३ एमपी डेप्थ सेन्सर रहेको छ । यस्को म्याक्रो सेन्सरले रमाइला क्लोज अप सटहरू साथै ७२० पी मा म्याक्रो भिडियोहरू पनि सुट गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमले अटम अफरका सुविधा थप आकर्षक बनायो

नेपाल टेलिकमले अटम अफरका सुविधा थप आकर्षक बनायो

काठमाडौं । नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याक (लाई थप सुविधा सहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर आज राती १२ बजे पश्चात लागु हुनेछ । हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याक अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. २५० मा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि रु. ८५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको हो ।

दैलेखमा टेलिकमको फाइवर टु होम सेवा

दैलेखमा टेलिकमको फाइवर टु होम सेवा

काठमाडौं । नेपाल टेलिकमले दैलेखको सदरमुकाम नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेको टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापित गरेको छ । गत १५ कात्तिकमा स्तरोन्नती सम्पन्न भएपछि सो क्षेत्रका सबै नेटवर्कलाई फाइबर टु द होम (एफटीटीएच) मार्फत सञ्चालन गरिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad