Namaste Icon
Ad

बङ्गबन्धुको जेल डायरी

बङ्गबन्धुको जेल डायरी

काठमाडौं । बंगलादेशका पिता शेख मुजिबुर रहमानको जेल संस्मरण ‘बङ्गबन्धुका जेल डायरी’ प्रकाशित भएको छ । बंगलादेशका सम्पूर्ण नागरिकबाट ‘बङ््गबन्धु’ को उपाधिले सम्मानित रहमानले जेल बस्दा लेखेको संस्मरणकृति ‘बङ्गबन्धुको जेल डायरी’ लाई नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । नेपाली तथा बंगाली भाषा संस्कृतिबीचको सम्बन्धलाई प्रगाढ बनाउने लक्ष्यका साथ पुस्तक प्रकाशन गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीका अनुसार बंगलादेशका पिता रहमानद्वारा प्रारम्भिक रूपमा बंगाली भाषामा लेखिएका अनुभव र अनुभूतिलाई अंग्रेजी भाषामार्फत नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको हो । कुलपति उप्रेतीले भने, ‘शेख मुजिबुर रहमानले बंगलादेश निर्माणका क्रममा भोगेका भोगाइ र अनुभूत गरेका अनुभवहरू दक्षिण एसियाका उदीयमान नेताहरूका लागि प्रेरक रहेका हुनाले उहाँद्वारा लिखित तथा बंगाल एकेडेमीद्वारा प्रकाशित कृति नेपाली भाषामा अनुदित गरी प्रकाशन गरिएको हो ।’ कुलपति उप्रेतीले नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्ते साम्सको अनुरोधमा पुस्तकको अनुवाद तथा प्रकाशन गरिएको उल्लेख गर्दै यो नेपाल–बंगलादेशबिच सांस्कृतिक तथा साहित्यिक आदान–प्रदान गर्ने प्रयत्नको निरन्तरता भएको सुनाइन् ।


मूल भाषा बंगालीबाट डा. फकरुल आलमले अंग्रेजीमा अनुवाद गरेको पुस्तकलाई समालोचक महेश पौड्यालले नेपाली भाषामा अनुवाद गरेका हुन् । कुलपति उप्रेती स्वयंले पुस्तकको सम्पादन गरेका छन् । यसअघि नेपाल प्रज्ञा–प्रतिष्ठानबाट रहमानद्वारा लिखित पुस्तक ‘ती अधुरा स्मरणहरू’ प्रकाशित भइसकेको छ ।

Ad

सम्बन्धित समाचारहरु

उत्प्रेरक वक्ता सन्तोष लामाको पहिलो कृति ‘सफलताको व्लुप्रिन्ट’ सार्वजनिक

काठमाडौं । विगत लामो समयदेखि उत्प्रेरक बक्ताको रुपमा चिनिएका सन्तोष लामाले पहिलो कृतिको रुपमा सफलताको व्लुप्रिन्ट पुस्तक बजारमा ल्याएका छन । काठमाडौंमा आयोजित एक कार्यक्रका बीच उक्त पुस्ताक नेपाली कांग्रेसका नेता तथा सांसद बहादुरसिंह लामा, उत्प्रेरक बक्ता तथा समाजसेवी र सन्तोष लामा पिताले विमोचन गरे । कार्यक्रममा ९० घण्टा २ मिनेट बोलेर बिश्व किर्तिमानी राख्न सफल अनन्तराम केसी, मोटिभेसनल एण्ड कर्पोरेट ट्रेनर सुदिप बस्नेत तथा रोटरी क्लव अफ गोंगबुका निवर्तमान अध्यक्ष महेश बस्नेत, जलजला गाँउपालिका पर्वतका अध्यक्ष यमबहादुर मल्ल, सर्जक भिम कुसारी लगायको उपस्थिती रहेको थियो ।

कागेश्वरी पुस्तकालयमा देवकोटा, अर्याल र विकलको पूर्णकदको शालिक

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी पुस्तकालयको प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हास्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलको पूर्णकदको शालिक निर्माण भएको छ । देवकोटाको शालिक एक वर्षअघि नै तयार गरिए पनि अर्याल र विकलको शालिक हालै तयार गरिएको हो । ११२औं लक्ष्मी जयन्तीका अवसरमा साहित्यकार एवं नेपाल कम्युनिष्ट पार्टीका नेता प्रदीप नेपालले तीनै स्रष्टाको शालिकमा माल्यार्पण गरे ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad