Namaste Icon
Ad

पर्यटकीय स्थल मानहुँकोटमा जग्गा खरिद बिक्री रोक

पर्यटकीय स्थल मानहुँकोटमा जग्गा खरिद बिक्री रोक

तनहुँ । व्यास नगरपालिका–५ स्थित पर्यटकीय स्थल मानहुँकोटमा जग्गा खरिद बिक्री गर्न रोक लगाइएको छ । व्यास नगरपालिका कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो। मानहुँकोटको मौलिकताको संरक्षणका लागि गुरु योजना निर्माण गरिने भएको छ। कात्तिक २४ गतेदेखि लागु हुने गरी गुरु योजना निर्माण हुने अवधि पुस मसान्तसम्म मानहुँकोट क्षेत्रको जग्गा रजिष्टे्सन पाससम्बन्धी कार्यको सिफारिस बन्द गर्ने निर्णय गरिएको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार मानहुँकोट जाने पर्यटकहरुलाई अनिवार्य रुपमा नाम दर्ता गरी स्वास्थ्य, सुरक्षासम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गरेर दृश्यावलोकनका लागि प्रवेश गराउने व्यवस्था मिलाउन सम्बन्धित वडा कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको छ। साथै, सामान्यतया दैनिक ३०० जना पर्यटकलाई मात्र दृश्यावलोकनका लागि प्रवेशानु मति प्रदान गर्ने निर्णय भएको छ।

पर्यटकीय गन्तव्यको रुपमा रहेको मानहुँकोटमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको आगमनमा उल्लेख्य बृद्धि भएकाले व्यवस्थापकीय पक्षको विकासका लागि गुरुयोजना निर्माण गर्ने भएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए। मानहुँकोटको मौलिकता संरक्षण गर्न तत्काल गुरुयोजना निर्माण गर्ने, खानेपानी विस्तृत परियोजना निर्माण गर्नका लागि सो कार्यका लागि पाँच लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरिएको उनले बताए । यस क्षेत्रमा सार्वजनिक शौचालय निर्माण लगायतका अन्य अत्यावश्यक भौतिक संरचना निर्माण गर्न तत्काल नगरपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरी निर्माण कार्य अगाडि बढाउने न्यौपानेले बताए। साथै, अत्यावश्यक संरचना निर्माणका लागि विभिन्न संघ संस्थाहरुसंग साझेदारीका लागि प्रस्ताव आह्वान गर्ने निर्णय समेत गरिएको उनले बताए।

Ad

सम्बन्धित समाचारहरु

पर्यटनमन्त्रीद्वारा ३०० विपन्न नागरिकको कोरोना बीमा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमाबापतको रु एक लाख रकम निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमामा खर्च गरेका छन । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले कोरोना बीमाबापत प्राप्त रकम जिल्लाका ३०० जना न्यून आय भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदूरको कोरोना बीमामा खर्च गर्नुभएको उहाँका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए ।

पर्यटकीय क्षेत्र खुला गर्ने सरकारको निर्णय

पर्यटकीय क्षेत्र खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारी नियन्त्रणका लागि प्रतिबन्ध गरिएका पर्यटकीय क्षेत्र पुनःसञ्चालन गर्ने निर्णय गरेको हो । केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको कोरोनाबाट सुरक्षित रहने उपाय अपनाएर खुला गरिने भएको हो । ती क्षेत्र सञ्चालन गर्न दिने निर्णय मन्त्रिपरिषद्को गत कात्तिक २४ गतेको बैठकले नै गरिसकेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad