Namaste Icon
Ad

शीतल निवास पुगेर उखु किसान राष्ट्रपतिलाई सोधे...

शीतल निवास पुगेर उखु किसान राष्ट्रपतिलाई सोधे...

काठमाडौं । आफ्नो उत्पादनको मूल्य दिलाइदिन भन्दै उखु किसानहरु शीलत निवास पुगेका छन् । पटक पटक सम्झौता भएर पनि आफ्नो परिश्रमको फल लिन नपाएपछि उनीहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्ना माग राख्न त्यहाँ पुगेका हुन् ।

हिजोमात्रै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर मंसिर २७ गतेदेखि आन्दोलन गर्ने बताएका किसान आज शीतल निवास पुगेका हुन् । उनीहरुले राष्ट्रपति भण्डारीसमक्ष ६ बुँदे माग राखेका छन् ।

आफ्नो उत्पादनको मूल्य पाउनुपर्ने मागसहित समग्र किसानको समस्याको दीर्घकालीन समाधानका लागि उनीहरुले राष्ट्रपतिलाई आग्रह गरेका छन् । सरकारले किसानको पक्षमा काम गर्न नसकेको भन्दै उनीहरुले आफ्ना मागहरु सम्बोधन गर्न आग्रह गरेका छन् ।

मल कारखाना खोल्नका लागि आग्रहसहित कृषि उपकरणमा सहुलियत र ऋणको व्यवस्था, उत्पादनको उचित समयमा उचित मूल्य र सम्पूर्ण जानकारी सरकारले उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।

Ad

सम्बन्धित समाचारहरु

विदेश जान काठमाडौं पुगेका खेमराज यसरी बने जिल्लाकै नमुना कृषक, ७ जनालाई दिए प्रत्यक्ष रोजगारी

ममता भट्ट, डडेल्धुरा । कोरोना महामारी सँगै कतिपय युवाहरुको रोजगारी खोसिएको भन्दै फेरी भारत तथा तेस्रो मुलुक जाने संख्या बढिरहको छ । यहिं समयमा डडेल्धुराका केही युवा भने आफ्नै माटोमा सुन फल्छ भनेर मिहेनत गरिरहेका छन । विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्रै भएको भन्दै रोजगारीका लागि विदेशिएका कतिपय युवा नेपाल फर्किएर पछिल्लो समय कृषि पेशातर्फ आकर्षित हुन थालेका छन्।

हिउँदको समयमा रोप्ने आलु बीउको हाहाकार

हिउँदको समयमा रोप्ने आलु बीउको हाहाकार

इलाम । यस वर्ष हिउँदको समयमा रोप्ने आलुको बीउ हाराहार भएपछि किसान चिन्तित देखिएका छन्। कोरोनाले भारतबाट आलु नआएपछि व्यवसायीले गाउँ पसेर नै आलु किन्नुपर्दा अहिले बीउसमेत नभएको हो। गत वर्षहरुमा आलु नबिक्दा प्रशस्त मात्रामा आलुको बीउ रहन्थ्यो तर यस वर्ष भाउ आएसँगै आलु बिकेकाले बीउ आलु सङ्कट भएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad