Namaste Icon
Ad

महालक्ष्मीमा गाईवस्तु दुहुने यन्त्र र दुध हाल्ने क्यान लगायतका वस्तु वितरण गरिने

महालक्ष्मीमा गाईवस्तु दुहुने यन्त्र र दुध हाल्ने क्यान लगायतका वस्तु वितरण गरिने

सन्तोष दहाल, ललितपुर । महालक्ष्मी नगरपालिकाले नगर क्षेत्रभित्रका किसानको हितमा बिभिन्न पशुजन्य सामग्री वितरण गर्ने भएको छ । नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका वास्तविक किसानलाई ध्यानमा राखेर पचास प्रतिशत अनुदानमा प्रोत्साहन स्वरुप उक्त बस्तु वितरण गर्न लागेको हो । नगरपालिकामा रहेर पशुपालन गरिरहेका किसानको जीवनस्तर माथि पुर्याउन सात मिल्किङ मेसिन अर्थात पशु दुहुने यन्त्र वितरण गरिनेछ । यसमा तीन थान प्रविधिले दूईवटा पशु एकैपटक दुहुन मिल्छ भने चार थान प्रविधिले एउटा मात्र पशु दुहुन मिल्छ । यस्तै ४० लिटर दुध अट्ने १२ वटा मिल्क क्यान अथवा दुध हाल्ने भाँडो, घाँस वा पराल दुबै काट्न मिल्ने १४ थान मोटर सहितको च्याफकटर वा भुसा काट्ने प्रविधि र गाईलाई ओच्छाउने काउम्याट ८० थान वितरण गर्ने योजना बनाइरहेको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले बताए । उनले भने, ‘कृषि पेसामा सहि किसानको आवद्धता बढाउन हामीले यो कामलाई अघि सार्न लागेका हौँ । नगरपालिका कृषि लगायत पशुपालन क्षेत्रमा निकै अघि बढोस भन्ने महालक्ष्मीको कामना रहेको श्रेष्ठको भनाई छ ।

किसानले आफै सो दुध दुहुने यन्त्र खरिद गर्न रु एक लाख १० हजार देखि रु एक लाख ५५ हजारसम्म खर्च गर्नुपर्छ । महालक्ष्मीले किसानलाई आवश्यक सामग्री जुटाइदिएर कृषकलाई सहयोग गरेको बताइएको छ । न्यून आयस्तर भएका किसानको अवस्थालाई मूल्याङ्कन गरेर आल्मुनियमको मिल्क क्यान, घाँस र पराल काट्ने च्याफकटर अनि गाईलाई किसानले चिसो र फोहरबाट जोगाउन भनेर काउम्याट वितरण गर्न अग्रसर भइरहेको नगरपालिकाका पशु शाखा प्रमुख चिकित्सक दिपक भट्टराइले जानकारी दिएका छन् । उनले भने, ‘आउँदो मङ्सीरको पहिलो हप्ताबाट निवेदनका आधारमा छनोट परेका किसानको अवस्था बुझेर पशुपालन गरिरहेको स्थानको लालपुर्जा, नागरिकता, करारनामा पत्रको फोटोकपी र सम्बन्धित वडाको सिफारीसका आधारमा यी बस्तु वितरण गर्ने छौं ।’ नगरपालिकाले वितरण गर्ने भनिएका ती सङ्ख्या भन्दा बढीको सामग्री माग भएमा त्यसैलाई पुनः छनोट गरेर किसानलाई दिइने भट्टराइले बताए ।

महालक्ष्मीले आफ्ना नगरक्षेत्रमा कृषि तथा पशुपालन गरिरहेका किसानलाई यस्ता सामग्री वितरण गरेर देशभरका किसानको कार्यलाई सम्मान गर्न खोजेको हो । महालक्ष्मीले यसका अवला वर्षै पिच्छे किसानलाई बाख्रा, गाई र भैँसी पालन तालिम, बर्खे घाँस वितरण, कृत्रिम गर्भधारण, नश्ल सुधार, पशुका लागि घरदैलो घुम्ती सेवा, खोप कार्यक्रम, भ्यागुते अनि चरचरे र खोरेत रोग आदिको उपचार सेवा दिदै आइरहेको नगरपालिकाले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

विदेश जान काठमाडौं पुगेका खेमराज यसरी बने जिल्लाकै नमुना कृषक, ७ जनालाई दिए प्रत्यक्ष रोजगारी

ममता भट्ट, डडेल्धुरा । कोरोना महामारी सँगै कतिपय युवाहरुको रोजगारी खोसिएको भन्दै फेरी भारत तथा तेस्रो मुलुक जाने संख्या बढिरहको छ । यहिं समयमा डडेल्धुराका केही युवा भने आफ्नै माटोमा सुन फल्छ भनेर मिहेनत गरिरहेका छन । विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्रै भएको भन्दै रोजगारीका लागि विदेशिएका कतिपय युवा नेपाल फर्किएर पछिल्लो समय कृषि पेशातर्फ आकर्षित हुन थालेका छन्।

हिउँदको समयमा रोप्ने आलु बीउको हाहाकार

हिउँदको समयमा रोप्ने आलु बीउको हाहाकार

इलाम । यस वर्ष हिउँदको समयमा रोप्ने आलुको बीउ हाराहार भएपछि किसान चिन्तित देखिएका छन्। कोरोनाले भारतबाट आलु नआएपछि व्यवसायीले गाउँ पसेर नै आलु किन्नुपर्दा अहिले बीउसमेत नभएको हो। गत वर्षहरुमा आलु नबिक्दा प्रशस्त मात्रामा आलुको बीउ रहन्थ्यो तर यस वर्ष भाउ आएसँगै आलु बिकेकाले बीउ आलु सङ्कट भएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad