# भर्खरै
Namaste Icon
Ad
Ad

खोप निर्माणको पछिल्लो अवस्था के छ ? - डा. रवीन्द्र पाण्डे

खोप निर्माणको पछिल्लो अवस्था के छ ?  - डा. रवीन्द्र पाण्डे

अमेरिका र जर्मनीको संयुक्त प्रयासमा कोरोना भाइरसविरुद्धको खोप निर्माण गरिरहेको फाइजर र बायोंटेक कम्पनीले विश्वका ६ देशका ५३ हजार ५०० मा तेस्रो चरणको क्लिनिकल ट्र्याल गरेको थियो | यो परिक्षणमा ९० % सफलता हासिल गरेपछि अमेरिकी र जर्मनी बैज्ञानिक निकै उत्साहित बनेका छन् | अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, साउथ अफ्रिका र टर्कीमा ४३,५०० जनामा ३ हप्ताको अन्तरमा यो खोपको २ डोज लगाइएको थियो | दोस्रो खोप लगाएको ७ दिनपछि कोरोना भाइरसविरुद्धको एन्टिबोडी देखिएको बिबिसीले जनाएको छ | सुरुमा खोप लगाएका ९४ जना व्यक्तिको अध्ययनबाट यो निष्कर्ष निकालिएको हो | सबै तथ्यांकको विश्लेषण बाँकी रहेकोले यो फाइनल रिपोर्ट नभएको फाइजर र बायोंटेकका अधिकारीले बताएका छन् | सबै रिपोर्ट अध्ययन गरेपछि खोपलाई आबश्यक परिमार्जन गरिने जानकारी दिइएको छ | कम्पनीले डिसेम्बरसम्म आपतकालीन प्रयोगको लागि अनुमति पाउने आशा गरेको छ |

फाइजर तथा बायोंटेकले नोभेम्बेरको तेस्रो हप्तासम्म नियामक निकायमा तथ्यांक पेश गर्नेछन | त्यहांबाट प्रमाणित भएपछि मात्र खोपको अभियान सुरु हुन्छ | सुरुमा खोप सानो जनसंख्याको लागि बिभिन्न देशमा पठाइनेछ | त्यो खोप जेष्ठ नागरिक, दीर्घबिरामी, बालबालिका, सुत्केरी, अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलाई दिइनेछ | ठूलो संख्यामा उत्पादन भएपछि मास भ्याक्सिनेसन गरिनेछ |

यो खोपले कति लामो समयसम्म काम गर्छ भन्ने कुरा खोप लगाएपछि थाहा हुनेछ | यसले केहि महिना काम गर्न पनि सक्छ, एक बर्ष काम गर्न पनि सक्छ तथा लामो समय काम गर्न पनि सक्छ | यी कम्पनीले घटीमा एक बर्ष खोपले काम गर्ने आशा व्यक्त गरेका छन् | यसको ठूलो मात्रामा उत्पादन, भण्डारण र परिवहनमा केहि कठिनाइ देखिएको छ | यो खोपलाई माइनस असि डिग्री सेन्टिग्रेडको तापक्रममा राख्नुपर्ने हुन्छ |

कोरोना भाइरसको अनुबांशिक कोडलाई मानब शरीरमा खोप लगाएपछि यसले हाम्रो इम्युन प्रणालीलाई तालिम दिन्छ साथै टि सेलमार्फत कोरोना भाइरससंग लड्दछ | यो बर्षको अन्त्यसम्ममा ५० करोड र २०२१ को अन्त्यसम्म करिब १.३ अर्ब डोज आपूर्ति गर्न सक्षम हुने फाइजर र बायोंटेकले जनाएका छन् | प्रत्येक व्यक्तिलाई दुई डोज आबश्यक पर्नेछ | यो खोपको साथै अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धानले गरेको तथा एस्ट्राजेनेकाले निर्माण गरिरहेको खोप, अमेरिकाको मोडेर्ना ल्याबको खोप, चीनका ३ वटा खोप (सिनोफाम, कान्सिनो, सिनोभ्याक) पनि अन्तिम चरणमा पुगेका छन् |

रुसको ग्यामेलिया इन्स्टिच्युट र भेक्टर इन्स्टिच्युटले तेस्रो चरणको परिक्षण गरिरहेका छन् | तेस्रो चरणको परिणाम आइनसके पनि चीन र रुसले सिमित संख्यालाई खोप दिइरहेका छन् | नेपालले पर्याप्त खोप पाउन अझै ५-६ महिना लाग्ने देखिएको छ | त्यो बेलासम्म अनिबार्य रुपमा जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नु जरुरी छ |

Ad

सम्बन्धित समाचारहरु

नेता बन्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुस्

नेता बन्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुस्

निरज कालिका । नेपालको राजनीति हेरेर मात्रै बुझ्न सकिँदैन । राजनीतिभित्र हरेक विषयहरु पर्दछन । प्रसिद्व लेखक क्रिनसको ईन्टरसेक्सनालिटीको आधारलाई लिएर राजनीति बुझ्न सकिन्छ । कुनै पनि विषय पूर्ण बन्न अन्य तत्वहरुले भूमिका खेलेको हुन्छ । त्यस्तै, राजनीतिक विषय पूर्ण बन्नका लागि धेरै तत्वहरुको आवश्यकता पर्दछ । जस्तै समाज, विज्ञान, अध्ययन, प्रविधि , राजनीतिकदल, अड्डाअदालत, प्रशासन, धर्म, संकृति आदि तत्वको आवश्यकता पर्दछ । यस्ता कैयौं विषयहरूले राजनीति विषय निर्माण गर्ने गर्दछन । खाली नेताहरुलाई मात्र हेरेर राजनीति बुझ्न सकिँदैन र पूर्ण हुँदैन । समाजका मानिस, सलाकार, स्वयं नेता पनि कस्ता छन ? यी कुरा पनि बुझ्न जरुरी हुन्छ । यी बाहेक पनि विभिन्न कुराहरूको आफ्नै नियम हुन्छ । जस्तो विज्ञानको नियम, बजारको नियम, समाजको नियम, धर्मको नियम, संस्कृतिको आदिको आफ्नै नियम हुन्छ । त्यस्तो धेरै विषयहरूको विभिन्न नियम हुन्छ । जसले राजनीति निर्माण गर्छ ।

अकर्मण्य ओली सरकारकाे वर्हिगमन आजको आवश्यकता

अकर्मण्य ओली सरकारकाे वर्हिगमन आजको आवश्यकता

डा. डिला संग्रौला । लामो संघर्ष र बलिदान पछि प्राप्त लोकतान्त्रिक पद्धतिको अवमूल्यन, संविधान माथि प्रहार र जनविरोधी क्रियाकलाप प्रधानमन्त्री ओलीले आफू सत्तासिन भएदेखिनै गरेकै हन् । त्यसैले यो सरकार अकर्मण्य, अपारदर्शी, असंवेदनशिल र सत्तालोलुपताले भरिएको घैँटो जस्तै भएको छ । जनताप्रति अनुत्तरदायी खड्क– सत्ता स्वभावले नै अधिनायाकवादी र सर्वसत्तावादी छ । यसको चाडोभन्दा चाडो वर्हिगमन आजको आवश्यकता हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad