Namaste Icon
Ad

दुई साताभित्र बंगलादेशबाट रासायनिक मल ल्याइने

दुई साताभित्र बंगलादेशबाट रासायनिक मल ल्याइने

काठमाडौं । कृषि मन्त्रालयले बंगलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गरेर ल्याउने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएसँगै मन्त्रालयले मल खरिदको प्रक्रिया शुरु गरेको हो । सरकारले जिटुजीमार्फत रासायनिक मल खरिदको निर्णय गरेसँगै मन्त्रालयले बंगलादेश सरकारलाई समझदारी पत्र पठाउने गरेको प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए ।

सरकारको निर्णयअनुसार समझदारीपत्र बंगलादेश सरकारलाई पठाएपछि उताबाट स्वीकृति आएलगत्तै खरिद प्रक्रिया शुरु हुने प्रवक्ता केसीले बताए । 'हाम्रो सरकारले जस्तै बंगलादेश सरकारबाट नेपाललाई मल दिने विषयमा निर्णय हुनुपर्छ । उताबाट निर्णय भएर सहमतिपत्रमा हस्ताक्षर सँगै मल आउँछ', उनले भने, 'दुई देशका सरकारबीचको खरिद प्रक्रिया भएका कारण मलको पैसा सिधै सरकारको खातामा जान्छ । मल ढुवानीको सबै प्रक्रिया यसअघि नै टुङ्गीसकेको छ ।'

उनका अनुसार सबै प्रक्रिया पूरा गरेर अबको दुई सातामा पहिलो किस्ताको मल नेपाल आइपुग्‍ने अनुमान गरिएको छ । 'हामीले अनुमान गरेजस्तै सबै काम सरासर भयो भने छिट्टै मल आइपुग्छ, ढुवानीका लागि कम्पनी छनोट भैसकेको छ, उताबाट हुन्छ भन्‍नासाथ खरिदको काम शुरु हुन्छ', उनले भने ।

मन्त्रालयले मल ढुवानीका लागि कृषि सामग्री कम्पनीलाई यसअघि नै स्वीकृति दिइसकेको छ । मन्त्रालयको स्वीकृतिअनुसार कम्पनीले ढुवानीका लागि १५ दिनको समय राखेर गत असोज ३ गते अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । मन्त्रालयले बोलपत्र प्रक्रियामार्फत मल ढुवानी गर्न संयुक्त अरब इमिरेट्स ९युएई० को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिएको छ।

ढुवानीका लागि पाँच वटा कम्पनीको आवेदन परेकामा जेन्ट्रेडले सबैभन्दा कम मूल्यमा ढुवानी गर्ने प्रस्ताव गरेको थियो। मन्त्रालय र जेन्ट्रेडबीच भएको सम्झौतामा ६० दिनभित्र मल ल्याइसक्नुपर्ने उल्लेख भएतापनि प्रक्रियामा ढिलाइ हुँदा समस्या हुनसक्ने अनुमान गरिएको कम्पनीका अधिकारीहरु बताउँछन् ।

गत भदौमा दुई देशका सरकार प्रमुखबीच भएको टेलिफोन बार्तामा सापटीमा मल ल्याउने मौखिक सहमति भएको थियो । बंगलादेश सरकारले शुरुआती चरणमा सापटीमा दिने तयारी गरेतापनि पछिल्लो समय खरिद गरेर लैजानु पर्ने प्रस्ताव राखेको थियो । सापटीमा मल ल्याएर पुनः फिर्ता गर्दा दोहोरो खर्चसँगै झन्झटिलो भएको र बंगलादेश सरकारले समेत खरिद गरेर लैजान प्रस्ताव गरेपछि पुनः खरिद गरेर ल्याउन लागिएको हो । बंगलादेशको प्रस्तावअनुसार मन्त्रालयले पुनः मन्त्रिपरिषद्को बैठकमा खरिदको प्रस्ताव लगेको थियो ।- रासस

Ad

सम्बन्धित समाचारहरु

कौसी क्विन फोटो प्रतियोगिता सम्पन्न, १२० सहभागी यी चारजनाले पाए पुरस्कार

काठमाडौं । कौसी खेती प्रवर्धनका लागि बागमति प्रदेशस्तरीय ‘कौसी क्विन २०७७’ फोटो प्रतियोगिता एक कार्यक्रम माझ सम्पन्न भएको छ । प्रज्ञान क्रियशन प्रालिद्धारा संचालित हलोखबर डटकमले उक्त प्रतियोगिता संचालन गरेको कार्यक्रममा भुमि व्यवस्था कृषि सहकारी मन्त्रालय र नेपाल सरकार कृषि निर्देशनालय हेटौंडाको सहयोग परेको छ । प्रतियोगितामा फोटो अनुसार विभिन्न पुरस्कारको व्यवस्था गरिएको थियो ।

कफीको मूल्य बढ्यो, कृषकलाई राहात हुने बोर्डको दावी

कफीको मूल्य बढ्यो, कृषकलाई राहात हुने बोर्डको दावी

काठमाडौं । आर्थिक वर्ष २०७६÷७७ मा ११ करोड ८८ लाख मुल्य बराबरको कफी आयात भएको छ । आयात प्रतिस्थापन गर्ने सरकारी रणनीति भएपनि देश भित्र कै आवश्यकता पूर्ती गर्न नसक्दा आयात बढेको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले दिएको जानकारी अनुसार आव २०७६÷७७ मा रु ११ करोड ८८ लाख मुल्य बराबरको २६६ मेट्रिक टन कफी आयात भयो भने रु ५ करोड ७७ लाख बराबरको ४६।८९ मेट्रिक टन कफी निर्यात गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad