Namaste Icon
Ad

दैलेखमा टेलिकमको फाइवर टु होम सेवा

दैलेखमा टेलिकमको फाइवर टु होम सेवा

काठमाडौं । नेपाल टेलिकमले दैलेखको सदरमुकाम नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेको टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापित गरेको छ । गत १५ कात्तिकमा स्तरोन्नती सम्पन्न भएपछि सो क्षेत्रका सबै नेटवर्कलाई फाइबर टु द होम (एफटीटीएच) मार्फत सञ्चालन गरिएको हो ।


पुरानो नेटवर्कलाई याँ अप्टिकल फाइबर नेटवर्कबाट विस्थापित गरिएको नारायण नगरपालिका कर्णाली प्रदेशको पहिलो नगरपालिका भएको छ । हाल सो क्षेत्रमा जम्मा १ हजार २४ लाइन एफटीटीएच नेटवर्क क्षमता छ । पुरानो तामाको कपरबाट सञ्चालित करिब ४ सय १५ लाइन एफटीटीएचमा रुपान्तरण गरिएका छन् भने नयाँ १ सय ६ लाइन समेत वितरण गरिएको छ । सो नगरपालिकामा एफटीटीएच लाइन प्रयोगकर्ताको संख्या ५२१ पुगेको छ । यसले नारायण नगरपालिका अन्तर्गतको बजारको सबैजसो भागलाई समेटेको छ ।


यो बर्ष दैलेखको दुल्लुमा पनि एफटीटीएच सेवा विस्तार गर्ने कार्यक्रम रहेको टेलिकमले जनाएको छ । टेलिकमले मुलुकका विभिन्न शहरी र घना बसोबास भएका क्षेत्रमा एफटीटीएच सेवाको वृहत विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरणमा पनि जोड दिइरहेको छ । त्यसैगरी केही समयमा यसबाटै आईपी टिभी समेत उपलब्ध हुने टेलिकमले जनाएको छ । परम्परागत तामाको तारको सट्टामा ग्राहकका घरसम्म अप्टिकल फाइबर पु¥याई आइपीमा आधारित ट्रिपल प्ले प्रदान गर्न सकिने भएकोले ग्राहकका लागि यो सेवा आकर्षक हुने अपेक्षा गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

Ad

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमले अटम अफरका सुविधा थप आकर्षक बनायो

नेपाल टेलिकमले अटम अफरका सुविधा थप आकर्षक बनायो

काठमाडौं । नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याक (लाई थप सुविधा सहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर आज राती १२ बजे पश्चात लागु हुनेछ । हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याक अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. २५० मा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि रु. ८५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको हो ।

छाङ्गरुमा टेलिकम टावर निर्माण शुरु

छाङ्गरुमा टेलिकम टावर निर्माण शुरु

दार्चुला । जिल्लाको कालापानी नजिकैको गाउँ छाङ्गरुमा नेपाल टेलिकमले नमस्तेको टावर निर्माण शुरु गरेको छ । स्काइ टावर मात्रै सञ्चालनमा रहेको व्यासको छाङ्गरुमा टेलिकमले नमस्तेको टावर निर्माण शुरु गरेको हो । टावर निर्माणका लागि जग खन्ने काम शुरु गरिएको छ । हेलिकोप्टरमार्फत टावरका समान ढुवानी शुरु भएपछि टावरका लागि चाहिने जग खन्ने काम शुरु भएको हो । छाङ्गरु गाउँको स्वास्थ्यचौकी भवन नजिकै नेपाल टेलिकमको टावर निर्माण हुन लागेको हो । टेलिकमका लागि चाहिने भवन यसअघि नै सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत वर्ष निर्माण गरिएको छ । ‘दुईवटा भवन निर्माण भइसकेको छ’, व्यासका स्थानीय जगदीशप्रताप ऐतवालले भने, ‘घर बनिसकेको छ, टावरका लागि चाहिने जग खन्ने काम सोमबारदेखि शुरु गरिएको छ ।’

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad