Namaste Icon
Ad

कोरोना नियन्त्रणका लागि ललितपुर महानगरमा वडा स्तरीय समूह गठन हुने

कोरोना नियन्त्रणका लागि ललितपुर महानगरमा वडा स्तरीय समूह गठन हुने

ललितपुर। ललितपुर महानगरपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि २९ ओटै वडामा कोभिड सहजिकरण समूह गठन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको बैठकपछि ललितपुर महानगरले कोभिड सहजिकरण समूह गठन गर्न लागेको हो ।

यो समूहले वडाको टोल टोलमा पुगेर घरैपिच्छे कोरोना संक्रमित भए नभएको अनुगमन गर्नेछ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले समूहको गठन राम्रो अवधारणा भएको बताउँदै सहजिकरण समूह गठन गर्न पत्राचार गर्ने बताए ।

कोरोना संक्रमणसँग मिल्दा जुल्दा लक्षण देखिएका र नदेखिएकाहरु स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाई घरमै बसिरहेका छन् । जसले गर्दा कोरोना संक्रमणको फैलावट व्यापक भएको विज्ञहरुले बताएका छन् । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ, सिआइसिटी संयोजक महेन्द्र श्रेष्ठले कोरोना नियन्त्रणका लागि समूह गठन प्रभावकारी हुने बताए । उक्त समूहले टोल टोलमा पुगेर घरपिच्छे बिरामी भए नभएको, कस्तो खालका बिरामी भएको एकिन गर्ने बताए । यो समूहलले संक्रमण दर घटाउन सहयोग गर्ने स्पष्ट पारे ।

कोरोना नियन्त्रणका लागि सरकारले संचालन गरेका गतिविधि र नियम मात्रै पर्याप्त नहुने बताउँदै उनले भने, ‘ यो भाइरस संक्रमण नियन्त्रणका लागि व्यक्ति व्यक्तिको सतर्कता आवश्यक छ , त्यसो भए संक्रमण नियन्त्रण गर्न सकिन्छ । ’ टोलका मान्छेहरु जाग्नुपर्ने धारणा उनले राखे ।कोरोना संक्रमणको संख्या बढेपनि मृत्युदर कम भएको उल्लेख गर्दै उनले यो समूह प्रभावकारी हुने स्पष्ट पारे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डां अमृत पोखरेलले कोभिड सहजिकरण समूहको अवधारणाबारे बताउँदै एक समूहले धेरैमा ५० घरको निगरानी गर्नुपर्ने बताए । उक्त समूहमा महिला स्वास्थ्य स्वयसेविका, सामाजिक परिचालक, शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय क्लब, आमासमूह तथा गुठीका सदस्यहरु प्राथमिकताका साथ समावेश गर्नुपर्नेछ ।

डा पोखरेलका अनुसार उक्त समूहले स्व एकान्तवासमा बसे नबसेको अनुगमन गर्ने, उनीहरुको पहिचान गरी नगरपालिकासँग समन्वय गर्ने लगाएका विषयमा काम गर्नुपर्नेछ । कार्यक्रममा ललितपुर महानगरपालिकाका कोभिड फोकल पर्सन देवी थापा गुरुडले कोरोना संक्रमण नियन्त्रणका लागि ललितपुर महानगरपालिकाले गरेको गतिविधिका बारेमा जानकारी गराएकी थिइन् । बैठकमा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थिति थियो ।

त्यसैगरी महानगरको विधेयक समितिका संयोजक श्रीगोपाल महर्जन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवाले, सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक गणेश केसी, पूर्वाधार विकास समितिका संयोजक चन्द्रलाल महर्जन, आर्थिक समितिका संयोजक रविन्द्र महर्जन, सामाजिक विकास समितिका संयोजक दिनेश कार्की, महानगरका प्रवक्ता राजु महर्जनको उपस्थिति रहेको थियो ।

Ad

सम्बन्धित समाचारहरु

जीर्ण र अग्लो पर्खाल भत्काएर पारदर्शी बार, पुल्चोक क्याम्पसको उद्घाटन

ललितपुर । ललितपुर महानगरपालिकाले सहरको तीन ठाउँमा जीर्ण र अग्लो पर्खाल भत्काई पारदर्शी हरियो बार लगाएको छ । ती मध्ये नेपाल इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको पश्चिम तर्फ (मूल सडकपट्टि ) लगाइएको वारको बुधबार महानगरका प्रमुख चिरीबाबु महर्जन र क्याम्पस प्रमुख प्रा.डा. लक्ष्मण पौडेलले संयुक्त रुपमा उद्घाटन गरे । आर्थिक वर्ष २०७५/०७६ को नगर गौरवको आयोजना अन्तर्गत पुल्चोक क्याम्पस हातामा उक्त वार लगाइएको हो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले क्याम्पस परिसरमा रहेको कलात्मक राणाकालिन पुरानो आनन्द निकेतन दरबार र हरियालीयुक्त बगैंचाको सुन्दरता सबैलाई देखाउन यस्तो वार लगाएको बताए । उनले भने, ‘अग्लो र जीर्ण भवनले सहरको सुन्दरतामा आँच पुगेको थियो, भूकम्पको दृष्टिले समेत यी पर्खाल जोखिमपूर्ण थिए ।’

कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । कक्षा १२ को परीक्षा आज (मंगलबार) देखि सञ्चालन हुँदै छ। राष्ट्रिय परिक्षा बोर्डका अनुसार अहिले बिहान ८ बजे सुरु हुने परीक्षामा ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदै छन्। परीक्षाका लागि देशभर ४ हजार १ सय ५ वटा परीक्षा केन्द्र तोकिएका छन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad