# भर्खरै
Namaste Icon
Ad
Ad

'अभिभावकको आवश्यकता महसुस' : अबको निकास, निर्विकल्प निर्मल निवास !

'अभिभावकको आवश्यकता महसुस' : अबको निकास, निर्विकल्प निर्मल निवास !

जादा जाँदै,
नेपाललाई दशा लागेको रहेछ ! ब्यक्ति,परिवार,समाज देश,सबैलाई एक युगमा एक पटक दुख आइलाग्छ!अमेरिका मा टुइनटावर हमला, अफ्गानिस्थान, इराकलाई पनि कुनै न कुनै कारण बनेर समस्या आइलागे विकसित र चेतनसिल देश आफुलाइ सम्हालेर लगिसके हामी सम्हालिन सकेनौं । किनकि गरिब भुपरिबेस्ठित देश त्यसमा पनि आत्मनिर्भर नभएको, कसैले चाहेर या नचाहेर पनि केहि ठुला हाइड्रोपावरबाट बिजुली निकालेर ग्यास र पेट्रोल डिजेलको सट्टा भर्ना गर्न नसकेसम्म हामी जहिल्यै जहाँको त्यहीँ हुन्छौं नै । बिगत २२ बर्ष देखी हामी बिपत्तिमा छौं । एक पछि अर्को ४५ मा नकाबन्दी, ४७ मा ब्यबस्था परिवर्तन । फेरि शिशु प्रजातन्त्रको नाटक भन्दै नेताको भरणपोषण, ५२ मा अर्को बिद्रोहको थालनी, ५८मा अभिभावक गुमाउनु परेको, ६२मा फेरि गणतन्त्रको हतारो, संविधान सभाको नाटकफ आदि इत्यादि ।

हामी नेपाली पनि विश्वसगै एक्काइसौं सताब्दिको स्वतन्त्रता खोज्दै हिड्यौं । सायद जनता जस्ले परिवर्तन खोज्यो त्यो गल्ती होईन तर जस्ले परिवर्तन दिन्छु भन्यो ,उसले आफुले लियो,जनता र देशलाई धोका दियो । जसले यो देशको संरचना र संरक्षण गर्दै आयो उसैलाई पहिला फालिदियो । एउटा घरको सम्पुर्ण अवस्था घरमुलीलाई थाहा हुन्छ । त्यसैअनुरूप देशको बाहिरी/भित्री कुरा राजतन्त्रलाई भलिभाती थाहा थियो । उसलाई नफालेको भए आज धर्ममा प्रहार हुन सक्दैन थियो । बाहिरी कुटनैतिकमा फेल हुने थिएन ।

मणिराज सत्याल

 

हामीलाईथाहा छैन र, अमेरिका, बेलायत, अतिबिकसित मुलुकमा पनि एक जना कार्यकारी फेरबदल गर्दा ३-३ महिना लगाउछन । hand-over ,take-over अनिवार्य हुन्छ । किनकि त्यो अति आबस्यक हो । यहाँ त भत्काउने र आगो लगाउने, छिटो भन्दा छिटो हुने, बनाउने बेलामा कोहि छैन । त्यसैले कसैलाई निषेध नगरी अभिभावकलाई पुनस्थापना गर्न दबाब दिऔं । एक्काइसौं सताब्दिको अभिभावक भएर सक्षम ब्यक्ति लाई लिएर राजतन्त्रले देश हाक्नेछ ।

बिस्तारै तर दिगो बिकास हुनेछ । न कि बनेको तीन महिनामा पुल भत्किने छ । पिच गरेको भोलिपल्टै उप्किनेछ, न बिना इन्जिनियरिङ बाटो खनेर हरेक दिन बस गुल्टाइनेछ । बरु बिस्तारै उद्योग हरु खुल्दै जानेछन् । बिदेशमा पसिना बगाएका हरु स्वदेश आउने छन । आखिर हामी पार्टीमा लाग्ने नलाग्ने सबैले महसुस गरिसकेका छौं कि पुरानै अभिभावक नेपालको लागी अतिआबस्यक भैसकेको छ । नत्र देश, उपनिवेशको संघारमा गइसकेको छ ।

अबको निकास, निर्विकल्प निर्मल निवास !

मणिराज सत्यालको फेसवुकबाट

Ad

सम्बन्धित समाचारहरु

बीउ जोगाउदै पहाडी बाली अनुसन्धान कार्यक्रम

बीउ जोगाउदै पहाडी बाली अनुसन्धान कार्यक्रम

तरकारी फलफुलको मात्रै होइन अचेल अन्न अनाजमा पनि बर्णशंकर जातले खेतबारी भरिभराउ छ। परम्परादेखि खेतीगर्दै आएका जातको सट्टामा उन्नत (बर्णशंकर) जातको बीउ प्रयोगले उत्पादन बढ्ने हुँदा किसान पनि उन्नत जातमै आकर्षितछन्। तर,रैथाने जातको बीउ लगाएर खेतीगर्नु जति सजिलो छ,उन्नत जातको बीउमा छैन। रोग किराको प्रकोप धेरैहुने,मौसमी प्रतिकुलतासंग जुध्न नसक्ने देखि सिंचाई,मल र स्याहारसुसार समेत धेरै चाहिन्छ। यी सबै चुनौती हुँदा पनि उत्पादन बढाउनै पर्ने हुनाले उन्नत जातको बाली लगाउनु अहिलेको बाध्यता हो। यही बाध्यताले होला कतिपय तरकारी-फलफुल र अन्न-अनाजका रैथानी जातहरु हराउदै गएका छन्। हराउदै गएका त्यस्ता जातमा पहाडमा हुने बालीका जातहरु अन्यको तुलनामा झन् धेरै छन्।

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारले बजेट भाषण ल्याएको मिति : २०७८।२।१५ । सरकारले २०७८।७९ को बजेट भाषणमा ल्याएको महत्बपूर्ण निर्णय : २०८८ सालभित्र सम्पूर्ण डिजेल र पेट्रोलबाट चल्ने सार्बजनिक सबारी साधन बिस्थापन गरि बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने । चाहे त्यो निजी सबारी साधन होस् चाहे त्यो सार्बजनिक सबारी साधन होस् । चाहे त्यो सरकारी गाडी होस् चाहे त्यो सँस्थाको गाडी होस् । २०८८ सालसम्म सरकारले सम्पृर्ण डिजेल र पे्रट्रेलबाट चल्ने गाडी बिस्थापन गरि बिधृतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने भनि राजपत्रमा निकालको थियो भने रातो किताबमा छापेको थियो । नेपाल एक यस्तो राष्ट्र हो जहाँ कुनै पनि डिजेल र पे्रट्रोलको खानी छैन् । डिजेल र पेट्रोल बाहिर राष्ट्रबाट आयात गर्नुपर्छ । जसले गर्दा हामी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले खाईनखाई कमाएको पैसा अरु राष्ट्रमा पुगेको छ । यदि सरकारले बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने हो भने हाम्रो राष्ट्रको मृद्रा हाम्रो राष्ट्रमै रहन्थ्यो । २०७२।६।३ गते नेपालको अन्तरिम सँबिधान २०७२ जारी भएको भयो ।

Ad

प्रतिक्रिया दिनुहोस