Namaste Icon
Ad

कफीको मूल्य बढ्यो, कृषकलाई राहात हुने बोर्डको दावी

कफीको मूल्य बढ्यो, कृषकलाई राहात हुने बोर्डको दावी

काठमाडौं । आर्थिक वर्ष २०७६÷७७ मा ११ करोड ८८ लाख मुल्य बराबरको कफी आयात भएको छ । आयात प्रतिस्थापन गर्ने सरकारी रणनीति भएपनि देश भित्र कै आवश्यकता पूर्ती गर्न नसक्दा आयात बढेको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले दिएको जानकारी अनुसार आव २०७६÷७७ मा रु ११ करोड ८८ लाख मुल्य बराबरको २६६ मेट्रिक टन कफी आयात भयो भने रु ५ करोड ७७ लाख बराबरको ४६।८९ मेट्रिक टन कफी निर्यात गरिएको छ ।

वोर्डका कार्यकारी निर्देशक डा। विष्णुप्रसाद भट्टराईले नेपालमा कफीको माग पुरा गर्न नसकिएको बताए । १६औं कफी दिवसको अवसरमा अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले मंसिर १ गते देखि लागु हुनेगरि कच्च कफकिो मूल्य पनि बृद्धि गरिएको जानकारी दिए । उनका अनुसार कच्चा कफीको मूल्य उत्पादन लागतमा २२ प्रतिशतको नाफा राखेर मूल्य बृद्धि गरिएको हो । उक्त २२ प्रतिशत नाफा कृषकलाई जाने बताइएको छ । बृद्धि गरिएको मूल्य अनुसार फ्रेस चेरी कफीको ग्रेड ए रु ९० र ग्रेड बि रु ८० कायम गरिएको छ । त्यस्तै, पार्चमेन्ट कफी ग्रे ए रु ४५० र ग्रेड बि रु ३९७ कायम गरिएको छ, भने ड्राइ चेरी कफी ग्रेड ए रु १४८ र ग्रेड बि रु ९५ कायम गरिएको छ ।

कफी उतपादनको लागि चाक्लाबन्दी खेतीमा जोड दिइने कार्यकारी निर्देशक भट्टराईले बताए । उनले भने, ‘ अब साते प्रदेशमा प्रदेश स्तरीय कार्यालय सत्तचालनमा ल्याएर देशव्यापी रुपमा कफी उत्पादनका कार्यक्रम अगाडि बडाउने तयारीमा हामी छौं ।’ यसवर्ष कफी दिवश औपचारीक रुपमा नमनाउने बताए । विश्वव्यापी माहामारी कोरोना कारण यसवर्ष कफी दिवसमा औपचारिक कार्यक्रम नगरिने उनले जानकारी दिए । यसवर्षको कफी दिवसको नारा ‘कफी विस्तारमा उन्नती आर्थिक प्रगति’ तय गरिएको छ ।

हाल देशभर ४७ जिल्लामा कफी खेती हुँदै आएको छ, भने कफी विकास बोर्डले अध्ययन अनुसन्धात तथा तालिमका प्रवद्र्धनात्मक कार्यक्रमका साँथै अनुदान समेत उपलब्ध गराउदै आएको छ ।

Ad

सम्बन्धित समाचारहरु

कौसी क्विन फोटो प्रतियोगिता सम्पन्न, १२० सहभागी यी चारजनाले पाए पुरस्कार

काठमाडौं । कौसी खेती प्रवर्धनका लागि बागमति प्रदेशस्तरीय ‘कौसी क्विन २०७७’ फोटो प्रतियोगिता एक कार्यक्रम माझ सम्पन्न भएको छ । प्रज्ञान क्रियशन प्रालिद्धारा संचालित हलोखबर डटकमले उक्त प्रतियोगिता संचालन गरेको कार्यक्रममा भुमि व्यवस्था कृषि सहकारी मन्त्रालय र नेपाल सरकार कृषि निर्देशनालय हेटौंडाको सहयोग परेको छ । प्रतियोगितामा फोटो अनुसार विभिन्न पुरस्कारको व्यवस्था गरिएको थियो ।

रसायनिक मल कारखाना  खोल्ने हचुवा निर्णय फिर्ता लिन अनुराेध

काठमाडौं । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले रसायनिक मल कारखाना खोल्ने निर्णय फिता लिन सरकारसँग अनुरोध गरेका छन । जैविक मल एव जैविक विषादी र त्यसको आधार दरिलो पार्ने विषयमा सानो लगानी गर्न पनि हिचिकचाउने तर देशले थाम्नै हम्मे हम्मे पर्ने रसायनिक मल कारखाना खोल्ने विचार पनि बिडम्बनापूर्ण भएको भन्दै अधिकारीले उक्त निर्णय फिर्ता लिन अनुरोध गरेका हुन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad