Namaste Icon
Ad

पर्यटकीय क्षेत्र खुला गर्ने सरकारको निर्णय

पर्यटकीय क्षेत्र खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारी नियन्त्रणका लागि प्रतिबन्ध गरिएका पर्यटकीय क्षेत्र पुनःसञ्चालन गर्ने निर्णय गरेको हो । केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको कोरोनाबाट सुरक्षित रहने उपाय अपनाएर खुला गरिने भएको हो । ती क्षेत्र सञ्चालन गर्न दिने निर्णय मन्त्रिपरिषद्को गत कात्तिक २४ गतेको बैठकले नै गरिसकेको छ ।

मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा सुरक्षित रहने गरी पर्यटकीय गतिविधि हुने क्षेत्र खोल्न भनिए पनि जोखिमको विश्लेषण गरी निर्णय गर्ने अधिकार जिल्लालाई नै दिइएको उल्लेख छ । यसरी खुल्ने केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना भए नभएको भने मन्त्रालय मातहतका निकायले नै अनुगमन गर्ने विज्ञप्तिमा जनाइएको छ ।

सरकारले यही कात्तिक १ गतेदेखि पदयात्रा र पर्वतारोहण खुला गरेको थियो । त्यसयता स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिले शरद् ऋतुमा अमादब्लम, मनास्लुलगायत हिमाल आरोहण गरिसकेका छन् । अहिले पदयात्रामा स्वदेशी तथा विदेशी विभिन्न गन्तव्यमा पुगेका छन् । केही आरोही समूह पनि आरोहणमा छन् । पदयात्राका लागि यो उपयुक्त समय भएकाले धेरै आन्तरिक पर्यटक प्रमुख गन्तव्यमा घुमफिरका लागि निस्किएका छन् । सरकारले गत भदौ १६ देखि अन्तरराष्ट्रिय उडान तथा असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालन गरेको थियो । दशैँतिहार, छठजस्ता चाडपर्वमा आन्तरिक उडान उत्साहबद्र्धक रहे पनि अन्तराष्ट्रिय उडान भने बढेको छैन ।– रासस

Ad

सम्बन्धित समाचारहरु

पर्यटनमन्त्रीद्वारा ३०० विपन्न नागरिकको कोरोना बीमा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमाबापतको रु एक लाख रकम निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमामा खर्च गरेका छन । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले कोरोना बीमाबापत प्राप्त रकम जिल्लाका ३०० जना न्यून आय भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदूरको कोरोना बीमामा खर्च गर्नुभएको उहाँका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए ।

थप विकास हुँदै लेले मनकामनामाई मन्दिर

थप विकास हुँदै लेले मनकामनामाई मन्दिर

ललितपुर । गोदावरी नगरपालिका ५ लेलेस्थित काभ्रेमा रहेको मनकामनामाई मन्दिर निर्माणको काम १५ वर्ष अघिदेखि जारी रहेको छ । वि.सं २०६२ मा जनश्रमदानबाट निर्माण शुरु गरिएको उक्त मन्दिर क्षेत्रमा हालपनि विभिन्न कार्य धमाधम भइरहेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad