Namaste Icon
Ad

कागेश्वरी पुस्तकालयमा देवकोटा, अर्याल र विकलको पूर्णकदको शालिक

कागेश्वरी पुस्तकालयमा देवकोटा, अर्याल र विकलको पूर्णकदको शालिक

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी पुस्तकालयको प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हास्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलको पूर्णकदको शालिक निर्माण भएको छ । देवकोटाको शालिक एक वर्षअघि नै तयार गरिए पनि अर्याल र विकलको शालिक हालै तयार गरिएको हो । ११२औं लक्ष्मी जयन्तीका अवसरमा साहित्यकार एवं नेपाल कम्युनिष्ट पार्टीका नेता प्रदीप नेपालले तीनै स्रष्टाको शालिकमा माल्यार्पण गरे ।

कागेश्वरी पुस्तकालयको व्यवस्थापन र आयोजनामा भएको कार्यक्रममा नेता नेपाल, प्रतिनिधिसभाका सदस्य कृष्ण राई, वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालगायतले पुस्तकालयमा तीन स्रष्टाको शालिक स्थापना भएपछि साहित्यिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

स्मारकको निर्माणको परिकल्पना मन्त्री फुयाँलले गर्नुभएको हो । प्रदेश सरकारबाट आर्थिक वर्ष २०७५÷७६ मा रु ४० लाख विनियोजन गरेर शान्ति उद्यान र देवकोटा शालिक निर्माण शुरु गरिएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा रु २९ लाख विनियोजन गरेर बाँकी दुई साहित्यकारको शालिक निर्माण गरिएको हो ।

यसअघि १०९औं लक्ष्मी जयन्तीका अवसरमा नेता फुयाँलसहित नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती र १०१ साहित्यकारले रु एकका दरले चन्दा दान गरेर तीन जना साहित्यकारको पूर्णकदको अष्टधातुको प्रतिमा निर्माणको शिलान्यास गरिएको थियो । स्मारकको निर्माण यही वर्ष सम्पन्न भए पनि कोरोना महामारीका कारणले औपचारिक उद्घाटन नगरिएको फुयाँलले जानकारी दिए ।– रासस

Ad

सम्बन्धित समाचारहरु

पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक

काठमाडौं । नेपाली आधुनिक पत्रकारिताका संस्थापक मानिने पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पुस्तक सार्वजनिक भएको छ । उक्त यात्रा स्मरणमा उनले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरु समेटिएका छन् । कामना न्यूज पब्लिकेसन्स् प्रालिद्वारा प्रकाशित पुस्तकमा स्वदेश र विदेशको अवस्थालाई तार्किक तथा मार्मिक ढंगले गरिएको तुलनात्मक विश्लेषण, नेपाली पत्रकारिताको विकासमा प्राप्त उपलब्धि र चुनौती, राजनीतिक विकृति तथा पछिल्ला दुई दशकमा स्वदेश तथा विदेशमा भएका अनेकौं प्रभावशाली घटनाका सन्दर्भ समेटिएका छन् ।

उत्प्रेरक वक्ता सन्तोष लामाको पहिलो कृति ‘सफलताको व्लुप्रिन्ट’ सार्वजनिक

काठमाडौं । विगत लामो समयदेखि उत्प्रेरक बक्ताको रुपमा चिनिएका सन्तोष लामाले पहिलो कृतिको रुपमा सफलताको व्लुप्रिन्ट पुस्तक बजारमा ल्याएका छन । काठमाडौंमा आयोजित एक कार्यक्रका बीच उक्त पुस्ताक नेपाली कांग्रेसका नेता तथा सांसद बहादुरसिंह लामा, उत्प्रेरक बक्ता तथा समाजसेवी र सन्तोष लामा पिताले विमोचन गरे । कार्यक्रममा ९० घण्टा २ मिनेट बोलेर बिश्व किर्तिमानी राख्न सफल अनन्तराम केसी, मोटिभेसनल एण्ड कर्पोरेट ट्रेनर सुदिप बस्नेत तथा रोटरी क्लव अफ गोंगबुका निवर्तमान अध्यक्ष महेश बस्नेत, जलजला गाँउपालिका पर्वतका अध्यक्ष यमबहादुर मल्ल, सर्जक भिम कुसारी लगायको उपस्थिती रहेको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad