Namaste Icon
Ad

यूईएफए नेसन्स लिग : बेल्जियमले इङ्ग्ल्याण्डलाई २–० ले हरायो

यूईएफए नेसन्स लिग : बेल्जियमले इङ्ग्ल्याण्डलाई २–० ले हरायो

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले इङ्ग्ल्याण्डलाई २–० ले हराएको छ । घरेलु मैदान हाभेर्लीमा आइतबार राति भएको खेलमा बेल्जियमलाई जिताउन युरी टेलिमान्स र ड्रिएस मेर्टेन्सले एकरएक गोल गरे । बेल्जियमले पहिलो हाफमै दुई गोल गरेको हो ।

जितसँगै लिग ‘ए’ को समूह २ मा रहेको बेल्जियमले चार खेलमा १२ अङ्क जोडेको छ । शीर्ष स्थानमा रहेको बेल्जियमले अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । बेल्जियमसँग हारेको इङ्ग्ल्याण्डको भने अर्को चरण पुग्ने सम्भावना सकिएको छ ।

इङ्ग्ल्याण्ड पाँच खेलमा सात अङ्क जोडेर तेस्रो स्थानमा छ । अब बेल्जियमले बिहीबार समूह चरणको अन्तिम खेलमा दोस्रो स्थानमा रहेको डेनमार्कसँग खेल्नेछ । त्यस्तै इङ्ग्ल्याण्डले आइसल्याण्डसँग खेल्नेछ ।

Ad

सम्बन्धित समाचारहरु

एटलान्टासँग लिभरपुरको लज्जास्पद हार

एटलान्टासँग लिभरपुरको लज्जास्पद हार

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा लिभरपुल पराजित भएको छ। गएराति सम्पन्न समूह डीको अन्तिम खेलमा लिभरपुल एटलान्टा सँग २-० गोल अन्तरले पराजित भएको हो ।

सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिएका चर्चित फुटबलर म्याराडोनाको निधन

काठमाडौं । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो। त्यसपछि उसलाई अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad