Namaste Icon
Ad

हङकङमा नेपाली रेष्टुरेन्टमा आगलागी : ७ को मृत्यु, १३ घाइते

हङकङमा  नेपाली रेष्टुरेन्टमा आगलागी : ७ को मृत्यु, १३ घाइते

काठमाडौं । हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आइतबार राती आगलागी हुँदा कम्तिमा सात जना नेपालीको मृत्यु भएको छ। तिहारको बेला भएको यो ठूलो दुखद घटनाले हङकङका नेपाली स्तब्ध भएका छन्।

मृत्यु भएका ९ देखि ४० वर्षका चार पुरुष र तीन महिलाको सनाखत भइसकेको छैन। तर उनीहरू अधिकांश बागलुङ जिल्लाका हुन्। अस्पताल पुर्याइएका १८ जना घाइतेमध्ये सात जनाको मृत्यु भएको हो। दुई जनाको अवस्था अझै गम्भीर छ भने एक जनाको सामान्य अवस्थामामा उपचार भइरहेको छ। एक जना सामान्य उपचारपछि घर फर्केका छन्।

सोमबार बिहानै क्वीन एलिजावेथ र क्वांग वाह अस्पताल पुगेर फर्केका हङकङ एकीकृत नेपाली समाजका यमलाल कँडेलका अनुसार मृतक सातमध्ये क्वांग वाहमा चार र क्वीन एलिजावेथ अस्पतालमा तीन जनाको शव रहेको छ। बागलुङ समाज हङकङका सचिव शक्तमान बुढाथोकीले समाजका आजीवन सदस्य राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा आइतबार राती आगलागीको घटना हुँदा बागलुङका धेरै परेको जनाएका छन्।

बुढाथोकीका अनुसार बागलुङ समाज हङकङका सदस्य कृष्ण कँडेलको परिवारका ४ जना, आजीवन सदस्य राज कँडेलको परिवारका ३ जना, उनकी बहिनी पूजा कँडेलको परिवारका ४ सदस्य घटनामा परेका हुन्।‘राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा दुर्घटना भएको हो, उनको छोरीको मृत्यु भएको भन्ने खबर छ’, बुढाथोकीले भने।

उनले बागलुङ समाजका कार्यसमिति सदस्य कृष्ण कँडेलको क्वीन एलिजावेथ अस्पतालको आईसीयूमा उपचार भइरहेको बताए। यमलाल कँडेलले राजको क्वांग वाह अस्पतालमा र उनकी छोरीको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको बताए।

हङकङको समय अनुसार आइतबार राती करिब ८ बजे भएको आगलागीमा १३ जना गम्भीर घाइतेलाई प्रहरीले उद्धार गरेको थियो। घटनास्थल याउमातेइको क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्छ, जुन हङकङका नेपाली बसोबास गर्ने एउटा मुख्य क्षेत्र हो।

हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट जोगिन एक जना पुरुष राती करिब ८ बजेर ३५ मिनेटमा झ्यालबाट चिच्याउँदै भाग्दै गर्दा खसेर घाइते भएका थिए।

अग्नि नियन्त्रक सुरक्षाकर्मीले करिब आधा घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए।

Ad

सम्बन्धित समाचारहरु

डाक्टरले विरामीकी पत्नीसँग सम्बन्ध राखेपछि, ३५ करोड जरिवाना

एजेन्सी । आफ्नी पत्नीसँग सम्बन्ध कायम गरेपछि एक व्यक्ति डिप्रेशनको शिकार भए । उनी डिप्रेशनको उपचारका लागि डाक्टर कहाँ जान लागे । तर, पछि उनै डाक्टरसँग उनकी पत्नीको अफेयर चलिरहेको थियो । यसैकारण ती व्यक्तिको वैवाहिक सम्बन्ध बिग्रियो ।

क्यालिफोर्नियाका लागि अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको पदावधि ४ बर्ष थप

क्यालिफोर्निया । क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको पदावधि ४ बर्ष थप गरिएको छ । नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले ढकालको पदावधि थप गर्ने निर्णय गरेको हो । ढकालको पदावधि थपिएको औपचारिक जानकारी दिइसकिएको छ । अब ढकालको पदावधि सन् २०२४ सम्म कायम रहनेछ । ढकाललाई नेपाल सरकारले पहिलोपटक सन् २०१३ मा अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो । २०१५ मा अवैतनिक महावाणिज्यदूत नियुक्त गरिएकोमा अहिले त्यसैलाई निरन्तरता दिइएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad