Namaste Icon
Ad

राजा यो पूण्यभूमि नेपालका रक्षक हुन्, राजा ज्ञानेन्द्रलाई नेपाली जनताले तेस्रो पटक राज्यरोहण गराउने छन् !

राजा यो पूण्यभूमि नेपालका रक्षक हुन्, राजा ज्ञानेन्द्रलाई नेपाली जनताले तेस्रो पटक राज्यरोहण गराउने छन् !

२०६३ साल जेष्ठ ४ गते प्रतिनिधिसभाको घोषणाको नाममा धर्मनिरपेक्ष घोषणा भएपछि जवरजस्त राजालाई लखेट्न सकिन्छ र राजाको पक्षमा जनता बोल्दैनन् भन्ने दाउ हेरर बसेको अमेरिका पनि नेपाललाई आधार इलाका बनाएर फ्रि तिब्बतको नाममा चीन हान्न सकिन्छ र नेपाललाई क्रिस्चियनकरण गराउन सजिलो ठान्यो । विश्वको एक मात्र हिन्दु अधिराज्य विस्थापित गरिए पछि नेपालका राजा स्वभावैले हिन्दु अधिराज्यको समर्थक भएता पनि उनको केही चल्दैन भन्ने अर्थ लगाइयो । त्यसपछि अमेरिका खुलेर भारतीय डिजाइन्लाई समर्थन गर्दै धर्मनिरपेक्षको समर्थनमा नेपालमा ओर्लियो । त्यसपछि आर्थिक स्रोतका साथ बेलायत लगायत यूरोपका इसाई राष्ट्रहरुले पनि धर्मनिरपेक्ष र गणतन्त्रको समर्थन गर्दै नेपालमा सरिक हुन आए ।

यसरी सारा विश्व शक्ति धर्मनिरपेक्ष र राजाको बिरुद्ध ओर्लिएपछि राजा ज्ञानेन्द्रसँग पनि नारायणहिटी छोड्नु बाहेक अरु विकल्प थिएन । धर्मनिरपेक्ष, गणतन्त्रको घोषणा यी सबै प्रायोजित रुपमा विदेशीको रणनीति अनुसार भएकालेले दलका नेताहरुले बोल्नु कुनै जिम्मेवारी ठानेन् । विदेशीहरुको निर्देशन र ईशारामा माओवादी, कांग्रेस, एमाले र केही नेताहरुले प्रसस्त पैसा खाएर यो पूण्यभूमि माथि लात हान्ने काम गरे । नेपाललाई धर्मनिरपेक्ष बनाएर क्रिस्चियनकरण गर्ने, गणतन्त्र र संघीयताबाट नेपाल टुक्रयाउन विदेशीको एजेण्डालाई सहयोग पुर्याए ।

धर्मनिरपेक्ष र गणतन्त्र घोषणाको साथमा संघीयताको नाममा नेपालको एकतालाई ध्वस्त बनाउन लागिपरे । तराई र पहाडको एकता छिन्नभिन्न गराउने र नेपाललाई बिस्तारै इसाईकरण गर्न भित्रयाइएको हो–संघीयता र ‘धर्मनिरपेक्ष’ । अव लथालिङ्ग भएको यो राष्ट्रलाई ठीक बाटोमा ल्याउन अरु कोही होइन, राजा ज्ञानेन्द्रसँग समझदारी राखेर देश बचाउन खोज्ने हो भने मात्र सम्भव छ । पूर्वी र मध्ये तराईको भ्रमणमा राजाप्रतिको नेपाली जनताको मोहले पनि यो कुरा स्पष्ट गरेको छ ।

देशभक्त राजा ज्ञानेन्द्रको दाँजोमा २०६३ सालपछिका कुनै पनि पार्टीका राष्ट्रिय नेताहरु पुग्न सक्तैनन् । राजा ज्ञानेन्द्रलाई देशको सबै अवस्थाको जानकारी छ । कसरी देशलाई सम्हाल्न सकिन्छ भन्ने उहाँसँग अनुभव छ । राजा ज्ञानेन्द्रमा कसैप्रति कुनै पुर्वाग्रह पनि छैन । सबैपक्षलाई मिलाएर लाने उहाँमा क्षमता छ । विक्रम सम्वत् नैं उल्लेख नगरिएको यो धर्मनिरपेक्ष, गणतन्त्र, संघीय नामधारी संविधान नेपालमा लागु हुन सक्तैन ।

यस अवस्थामा सबै पार्टीभित्र र बाहिरका देशभक्तहरुले राजा ज्ञानेन्द्रको राष्ट्रवादी वचनवद्धतालाई शिरोपर गरेर राजासँग सहकार्य सक्नुपर्दछ । विक्रम सम्वत् १८०० अगाडि हिमतखण्डमा धेरै स–साना स्वतन्त्र हिन्दुराज्यहरु थिए । भारतमा अंग्रेजी साम्राज्यले प्रभूत्व जमाइरहेको अवस्थामा ती हिन्दु राज्यहरुको अस्त्त्वि संकटमा पर्न लागेको बेलामा गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा सम्पूर्ण जातिहरुको सक्रियतामा ५४ भन्दा धेरै साना हिन्दु राज्यहरुलाई एकीकरणका बेलादेखि स्थापित हुन सकेको विश्वको एकमात्र अधिराज्यको रुपमा स्थापित भएको हो ।

अव राजा ज्ञानन्द्रलाई नेपाली जनताले तेस्रो पटक राज्यरोहण गराउने छन्! परिस्थिति नजिकै आउँदैछ । राजा ज्ञानेन्द्रसँग मध्यस्थता गरेर संवैधानिक राजसंस्था र विश्वको एक मात्र हिन्दु अधिराज्यलाई सम्मानका साथ यथावत कायम गरेर नेपालको गौरवमय सार्वभौमसत्ता बचाउनको लागि अगाडि बढ्नु बाहेक अन्य विकल्प केही छैनन् ।

 

-लेखक तथा विश्लेषक दीर्घराज प्रसाईको फेसवुकबाट

Ad

सम्बन्धित समाचारहरु

कमल थापा ज्यु लाई बिनम्र अनुरोध

कमल थापा ज्यु लाई बिनम्र अनुरोध

जाँदा जाँदै,आदरणीय कमल थापा ज्यु लाई बिनम्र अनुरोध

कोरोना संक्रमणको बर्तमान सन्नाटा : डा. रवीन्द्र पाण्डे

परीक्षणको दायरा घटेको छ | अहिले परीक्षण गराउने अधिकांश व्यक्तिमा बाहिर जाने, बाहिरबाट आउने, अफिसलाई रिपोर्ट बुझाउनुपर्ने, फिल्ड जाने / आउने ... धेरै छन् | कन्ट्याक्ट ट्रेसिंग एकदम न्यून छ | लक्षण देखिएका व्यक्ति, एकजना संक्रमित देखिएको व्यक्तिका पारिवारिक सदस्य, संक्रमितसंग भेट भएका व्यक्ति, बृद्धबृद्धा आदिले परीक्षण गराउन उत्सुक छैनन् | यो समुह ठूलो संख्यामा छ र जोखिममा छ | एन्टीजेन किट तथा एन्टिबोडी टेस्टले संक्रमणको अवस्था थाहा पाउन सकिन्थ्यो | यसमा सरकार उदासिन देखिएको छ | दशैं अघिं गर्ने भनिएको सेरोप्रिभ्यालेंस टेस्ट अहिले विस्मृतिमा परिसकेको छ |

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad