Namaste Icon
Ad

जोखिम नभएका ठाउँमा विद्यालय सञ्चालनका गर्न बाटो खुल्यो

जोखिम नभएका ठाउँमा विद्यालय सञ्चालनका गर्न बाटो खुल्यो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ । मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ लाई मन्त्रालयले वेबसाइटमा समावेश गरी स्थानीय तहलाई जोखिमको मूल्याङ्कन गरी क्रमशः विद्यालय खोल्न मार्गदर्शन गरेकोे हो । हाल अनलाइनलगायत वैकल्पिक माध्यमबाट शिक्षण संस्थामा पठनपाठन भए पनि खासगरी तल्ला तहमा प्रभावकारी नभएपछि सरकारले विद्यालय खोल्ने आधार तयार गरेको हो ।

कार्यढाँचामा क्वारेन्टिन, आइसोलेसन केन्द्रका रूपमा रहेका विद्यालय पुनः सञ्चालनपूर्व निर्मलीकरणलगायत जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्ने उल्लेख छ । कार्यढाँचामा विद्यार्थी भर्ना, विद्यालय सञ्चालन एवं शिक्षण सिकाइ व्यवस्थापन तथा स्थगित परीक्षा सञ्चालनका सन्दर्भमा गर्नुपर्ने मूलभूत कार्यलाई व्यवस्थित बनाउन पनि आग्रह गरिएको छ ।

गत असोज २२ को निर्णयका आधारमा सरकारले सबै तहका परीक्षा सञ्चालनको कार्य शुरु गरिसकेको छ । यही मङ्सिर ९ गतेदेखि कक्षा १२ को गत वर्षको परीक्षाको ४० नम्बर प्राप्ताङ्कका लागि प्रत्यक्ष परीक्षा हुँदैछ । सो परीक्षामा विद्यार्थीलाई जहाँ रहेको छ त्यहीँको विद्यालय ९होम सेन्टर० का रूपमा पनि परीक्षामा सामेल गराउने तयारी छ । परीक्षा अनलाइनबाट पनि दिन सकिने विकल्पमा छलफल भए पनि विद्यमान प्रश्नपत्रको प्रणालीमा यो विधि विश्वसनीय हुनेमा आशङ्का पैदा भएकाले प्रत्यक्ष परीक्षा हुन लागेको हो ।– रासस

Ad

सम्बन्धित समाचारहरु

जीर्ण र अग्लो पर्खाल भत्काएर पारदर्शी बार, पुल्चोक क्याम्पसको उद्घाटन

ललितपुर । ललितपुर महानगरपालिकाले सहरको तीन ठाउँमा जीर्ण र अग्लो पर्खाल भत्काई पारदर्शी हरियो बार लगाएको छ । ती मध्ये नेपाल इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको पश्चिम तर्फ (मूल सडकपट्टि ) लगाइएको वारको बुधबार महानगरका प्रमुख चिरीबाबु महर्जन र क्याम्पस प्रमुख प्रा.डा. लक्ष्मण पौडेलले संयुक्त रुपमा उद्घाटन गरे । आर्थिक वर्ष २०७५/०७६ को नगर गौरवको आयोजना अन्तर्गत पुल्चोक क्याम्पस हातामा उक्त वार लगाइएको हो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले क्याम्पस परिसरमा रहेको कलात्मक राणाकालिन पुरानो आनन्द निकेतन दरबार र हरियालीयुक्त बगैंचाको सुन्दरता सबैलाई देखाउन यस्तो वार लगाएको बताए । उनले भने, ‘अग्लो र जीर्ण भवनले सहरको सुन्दरतामा आँच पुगेको थियो, भूकम्पको दृष्टिले समेत यी पर्खाल जोखिमपूर्ण थिए ।’

कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । कक्षा १२ को परीक्षा आज (मंगलबार) देखि सञ्चालन हुँदै छ। राष्ट्रिय परिक्षा बोर्डका अनुसार अहिले बिहान ८ बजे सुरु हुने परीक्षामा ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदै छन्। परीक्षाका लागि देशभर ४ हजार १ सय ५ वटा परीक्षा केन्द्र तोकिएका छन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad