Namaste Icon
Ad

पीएसएल टी–२० को उपाधि कराची किंग्सलाई

पीएसएल टी–२० को उपाधि कराची किंग्सलाई

काठमाडौं । कराची किंग्सले पहिलो पटक पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेटको उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा लाहोर कलन्दर्सलाई ५ विकेटले पराजित गर्दै कराचीले पाँचौ संकरणको उपाधि जितेको हो ।

बाबर अजामले कप्तानी इनिङस खेल्दै अर्धशतक प्रहार गरेपछि कराचीले १३५ रनको लक्ष्य १८।४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । अजामले ४९ बल खेल्दै ७ चौका मद्दतमा अविजित ६३ रन बनाए । विकेटकिपर चाडविक वाल्टनले २२ रन जोडे । लाहोरका लागि हरिस राउफ र दिलबर हुसेनले २(२ विकेट लिए ।

त्यसअघि नेशनल स्टेडियम कराचीमा टस जितेर पहिले ब्याटिङ गरेको लाहोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३४ रन बनाएको थियो । लाहोरका लागि ओपनर तमिम इकवालले सर्वाधिक ३५ र फकर जमानले २७ रन बनाए । अन्य खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । कराचीका वाकास मक्सुद, अर्शद इक्वाल र उमाइद आसिफले २(२ विकेट लिए ।

कराचीलाई च्याम्पियन बनाउन कप्तानी इनिङ्स खेलेका अजाम खेलको म्यान अफ दि म्याच भए । साथै उनी म्यान अफ दि टुर्नामेन्ट पनि घोषित भए ।

Ad

सम्बन्धित समाचारहरु

एटलान्टासँग लिभरपुरको लज्जास्पद हार

एटलान्टासँग लिभरपुरको लज्जास्पद हार

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा लिभरपुल पराजित भएको छ। गएराति सम्पन्न समूह डीको अन्तिम खेलमा लिभरपुल एटलान्टा सँग २-० गोल अन्तरले पराजित भएको हो ।

सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिएका चर्चित फुटबलर म्याराडोनाको निधन

काठमाडौं । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो। त्यसपछि उसलाई अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad