# भर्खरै
Namaste Icon
Ad

‘पार्टीको निर्णय नमाने ओली राजको अन्त हुने निश्चित छ’

‘पार्टीको निर्णय नमाने ओली राजको अन्त हुने निश्चित छ’

काठमाडौं । प्रधानमन्त्री ओलीको धम्कीबाट विचलित नभई पार्टीको बैठकबाट निर्णय लिई अघि बढ्न नेकपाका नेता रामप्रसाद रिजालले नेतृत्वलाई सुझाव दिएका छन । ओलीसँग पार्टी फुटाउने तागत नभएको ओलीले पार्टीको निर्णय नमाने ओली राजको अन्त हुने उनले बताएका हुन ।

प्रधानमन्त्रीको सबै जालझेल पासा ललीपप सबै फेल भईसकेको भन्दै नेता रिजालले नेकपाको किचलोको कारक प्रधानमन्त्री नै भएको बताए । उनले कार्यकारिणी अध्यक्ष प्रचण्डले ल्याएको राजनीतिक प्रस्तावको विषयमा आगामी पार्टीको बैठकमा गम्भीर छलफल हुनुपर्ने बताए ।

उनले भने, ‘नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी एकताको रक्षा गर्नु र अहिलेको गतिरोध अन्तको लागि प्रधानमन्त्री बाट राजीनामा दिएर जान मेरो सुझाव छ ।’ पार्टीको विधान अध्यक्ष ओलीलाई पनि लागू हुने भन्दै नेता रिजालले पार्टी विधान भन्दा बाहिर गए पार्टी कमिटीलाई बाईपास गरे पार्टीले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै बाट हटाउन सक्ने बताए । नेकपा भित्र अंहकारको हैन विधि पद्धतिको जीत हुने भन्दै उनले देश निर्माण गर्ने जिम्मा नेकपाकै हातमा रहेको स्मरण गराए ।

 

साँथै नेता रिजालले सामाजिक सञ्जाल फेसवुकमार्फत प्रचण्ड पुत्र प्रकाश दाहाललाई स्मरण गर्दै श्रद्धांजली अर्पण गरेका छन ।

यस्तो उनको पोष्ट

आत्मीय मित्र प्रकाश कमरेड तपाईलाई धेरै धेरै सम्झेको छु । सम्झन बाहेक के गर्न सक्छु र तपाई संग बिताएका क्षण हरुले मलाई भावुक बनाएको छ । तपाईका सपनाहरु पुरा गर्ने दायित्व हाम्रो कांधमा आएको छ । राजनीति यात्रा मा जस्तोसुकै अवरोध आउदां पनि सामना गर्दै अघि बढ़ने तपाईको त्यो दृढ ईच्छा शक्ति बांट हामी सबैले सिक्नै पढ्छ । आज प्रकाश जी तपाईले स्वर्गमा बास गर्नुभएको तेस्रो वर्ष भैसकेछ तपाईको आत्माको चीर शान्ति को कामना गर्दै हार्दिक श्रद्धांजली अर्पण गर्दछु ।

Ad

सम्बन्धित समाचारहरु

सुशासन व्यवहारमा देखाऔं : पूर्वमन्त्री बाँस्कोटा

सुशासन व्यवहारमा देखाऔं : पूर्वमन्त्री बाँस्कोटा

काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भाषणमा सुशासन भन्नेलाई व्यवहारमा पुष्टि गर्न आग्रह गरेका छन । पनौती नगरपालिका–८ स्थित भालेश्वर माध्यमिक विद्यालयको नवनिर्मित ३६ कोठे तीन भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले भाषणमा सुशसानका ठूला कुरा गरेर सुशासन नहुने बताए । ‘भाषणमा ठूला कुरा गरेर हुँदैन, दोषी हो भने कारवाही गर्नुपर्छ, लोकतन्त्रमा कसैलाई उन्मुक्ति दिनु हुँदैन’ उनले भने ।

घुन्सा पुगेर प्रम ओलीले भने, ‘सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचार भयो, त्यस्ता भ्रमको पछि नलागौं’

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad