Namaste Icon
Ad

कौसी क्विन फोटो प्रतियोगिता सम्पन्न, १२० सहभागी यी चारजनाले पाए पुरस्कार

कौसी क्विन फोटो प्रतियोगिता सम्पन्न, १२० सहभागी यी चारजनाले पाए पुरस्कार

काठमाडौं । कौसी खेती प्रवर्धनका लागि बागमति प्रदेशस्तरीय ‘कौसी क्विन २०७७’ फोटो प्रतियोगिता एक कार्यक्रम माझ सम्पन्न भएको छ । प्रज्ञान क्रियशन प्रालिद्धारा संचालित हलोखबर डटकमले उक्त प्रतियोगिता संचालन गरेको कार्यक्रममा भुमि व्यवस्था कृषि सहकारी मन्त्रालय र नेपाल सरकार कृषि निर्देशनालय हेटौंडाको सहयोग परेको छ । प्रतियोगितामा फोटो अनुसार विभिन्न पुरस्कारको व्यवस्था गरिएको थियो ।


फोटो प्रतियोगिताको सर्वोउत्कृष्ट विजेता भगवती श्रेष्ठ भएकी छन् । श्रेष्ठले रु ५५ हजार तीन सय ५० को विभिन्न कौसी खेतीका कृषि सामाग्री प्रदान गरिएको छ । तरकारी खेतीतर्फ ‘फस्ट रनर–अप’ पवित्रा भण्डारी भएकी छन् । कोपिला खनालले दोस्रो स्थान र जिग्मी लामाले तेस्रो स्थान पाएकी छन् । दोस्रो र तेस्रो स्थानमा प्राप्त गर्नेले जनही रु.१६ हजार आठ सय ५० र रु १० हजार ५० मुल्य बराबरको कौसी खेतीका विभिन्न सामाग्री प्रदान गरिएको छ ।

रेखा महर्जन, फलफूल तथा पुष्प विधामा  दोस्रो स्थान

 


फलफूल तथा पुष्प विधामा पहिलो स्थान डा. नम्रता श्रेष्ठले हासिल गरेकी छन् । त्यस्तै, दोस्रो स्थानमा रेखा महर्जन र तेस्रो स्थानमा सीता शर्मा अधिकारीले प्राप्त गरेकी छन् । फलफूल तथा पुष्प विधातर्फ प्रथम डा. श्रेष्ठले रु सात हजार, दोस्रोलाई रु. ६ हजार र तेस्रोलाई रु ५ हजार राशिको कौसी खेतीका सामाग्री प्रदान गरिएको छ ।

कार्यक्रममा अतिथिको कृषि तथा सहकारी मन्त्रालयकी सचिव डा. मतिना जोशी वैध, कृषि तथा पुशपन्छी विकास मन्त्रालयका निमित्त सचिव योगेन्द्र बहादुर कार्की उपस्थित थिए । कात्र्तिक १ गते बाट फोटो एक साथ प्रकाशित गरिएको थियो । भने, कार्यक्रमको तयारी चार महिना अघिदेखि भएको थियो ।  प्रतियोगीका फोटो लाइक, सेयर तथा कमेन्ट र निर्णयक मण्डलको मुल्यांकन अनुसार विजेता छानिएका थिए । विजेतालाई खादा, प्रमाण–पत्र सहित ‘क्राउन’ ले सम्मानित गरिएको थियो । बागमति प्रदेशस्तरीय कौसी क्विन फोटो प्रतियोगितामा करिब एक सय २० सहभागी थिए ।

Ad

सम्बन्धित समाचारहरु

विदेश जान काठमाडौं पुगेका खेमराज यसरी बने जिल्लाकै नमुना कृषक, ७ जनालाई दिए प्रत्यक्ष रोजगारी

ममता भट्ट, डडेल्धुरा । कोरोना महामारी सँगै कतिपय युवाहरुको रोजगारी खोसिएको भन्दै फेरी भारत तथा तेस्रो मुलुक जाने संख्या बढिरहको छ । यहिं समयमा डडेल्धुराका केही युवा भने आफ्नै माटोमा सुन फल्छ भनेर मिहेनत गरिरहेका छन । विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्रै भएको भन्दै रोजगारीका लागि विदेशिएका कतिपय युवा नेपाल फर्किएर पछिल्लो समय कृषि पेशातर्फ आकर्षित हुन थालेका छन्।

हिउँदको समयमा रोप्ने आलु बीउको हाहाकार

हिउँदको समयमा रोप्ने आलु बीउको हाहाकार

इलाम । यस वर्ष हिउँदको समयमा रोप्ने आलुको बीउ हाराहार भएपछि किसान चिन्तित देखिएका छन्। कोरोनाले भारतबाट आलु नआएपछि व्यवसायीले गाउँ पसेर नै आलु किन्नुपर्दा अहिले बीउसमेत नभएको हो। गत वर्षहरुमा आलु नबिक्दा प्रशस्त मात्रामा आलुको बीउ रहन्थ्यो तर यस वर्ष भाउ आएसँगै आलु बिकेकाले बीउ आलु सङ्कट भएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad