Namaste Icon
Ad

स्नातक तहको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने

स्नातक तहको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने

काठमाडौं । कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको जानकारी विश्वविद्यालयले दिएको छ ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा प्रणाली अन्तर्गत गत वैशाख १६ बाट हुने गरी तय भएको परीक्षाका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिन लागिएको जानकारी दिए । विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा मङ्सिर २८ बाट लिने गरी कार्यतालिका सार्वजनिक छ ।

मङ्सिरबाट सुरु गरिएको उक्त परीक्षाका विद्यार्थीले चैतको हाराहारीमा स्नातकोत्तर तहमा भर्ना हुनसक्ने र त्यसअघि नै नतिजासमेत प्रकाशन गर्ने व्यवस्था मिलाइएको छ । गत वर्ष फागुनमा स्नातकोत्तर तहमा विद्यार्थीको कक्षा सुरु भएकोमा यस वर्ष एक महिनाको हाराहारीमा मात्रै समय फरक पर्ने र यसले समग्र शैक्षिक सत्रलाई कुनै फरक नपार्ने परीक्षा नियन्त्रक जोशीको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

मेयर फोरमको निर्णयपछि अनुकूल समयमा विद्यालय खोलिने

मेयर फोरमको निर्णयपछि अनुकूल समयमा विद्यालय खोलिने

ललितपु । ललितपुर महानगरपालिकाले काठमाडौं भ्याली मेयर फोरमको निर्णयपछि अनुकूल समयमा मात्र विद्यालय खोल्ने जनाएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण महानगरपालिकाले काठमाडौं उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य महानगरपालिका र नगरपालिकाका प्रमुखसँगको सल्लाह र सुझावपछि मात्र विद्यालय खोल्न उपयुक्त हुने जनाएको हो ।

निरोगी र दीर्घरोगी दुबैका लागि नेचुरोपेथी अस्पताल बरदान : मन्त्री श्रेष्ठ

काठमाडौं । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले दीर्घरोगीका लागि नेचुरोपेथी अस्पताल बरदान भएको बताउनुभएको छ । काठमाडौंको बसुन्धारास्थित काठमाडौं नेचुरोपेथी अस्पतालको प्रथम बार्षिकोत्सव तथा रक्तदान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्राकृतिक चिकित्सा पद्दति (नेचुरोपेथी) दीर्घरोगीका लागि बरदानझैं रहेको बताएका हुन । निरोगी र रोगी दुबै व्यक्तिका लागि नेचुरोपेथी उपयोगी रहेको उनले बताए । सबै अस्पताल धाएर नेचुरोपेथी अस्पताल आउनुभन्दा सुरुमै नेचुरोपेथीबाट उपचार गराउन उपयुक्त हुने मन्त्री श्रेष्ठले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad