Namaste Icon
Ad

अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार नाघ्यो

अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार नाघ्यो

एजेन्सि । अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार १८० पुगेको छ ।

महामारीबाट विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या एक करोड १४ लाख ९८ हजार भन्दा धेरै पुगेको छ । पछिल्ला हप्ताहरुमा अमेरिकामा पुनः संक्रमण तीव्र गतिमा बढिरहेको छ । दैनिक विगतको भन्दा धेरै संक्रमित थपिने क्रम जारी छ ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा एन्थोनी फाउचीले अति महत्वपूर्ण समयमा गलत दिशामा गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएपछि गएको गर्मी याममा अमेरिकामा कोरोना भाइरस महामारीको इपिसेन्टर बनेको न्यूयोर्कले बिहीबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

विश्वभर कोभिड–१९ बाट १३ लाख ४६ हजार सात सय भन्दा धेरैको ज्यान गएको छ । विश्वभर संक्रमितको संख्या पाँच करोड ६१ लाख ८ हजार भन्दा धेरै छ । डा फाउचीले अमेरिकामा अहिले देखिएको तीव्र गतिको संक्रमणका कारण विश्वमै सबैभन्दा बढि प्रभावित भएको देशमा थप मानिसको कोभिड–१९ बाट ज्यान जाने जोखिम रहेको चेतावनी दिएका छन् ।

उनले सर्वसाधारणलाई सावधानीका उपायहरुमा विगतमा भन्दा थप चनाखो हुन अपिल गर्दै आएका छन् । उनले मास्क लगाउन, भौतिक दूरी कायम गर्न तथा भिडभाड युक्त क्षेत्रमा नजान सबैसँग आग्रह गरेका छन् ।

 

Ad

सम्बन्धित समाचारहरु

विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आयो : बाइडेन

विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आयो : बाइडेन

एजेन्सि । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक नेता जो बाइडेनले विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आएको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी हारलाई स्वीकार गर्ने र बाइडेनको संक्रमणालीन टोलीलाई सहयोग गर्ने बताएपछि बाइडेनले अमेरिका फेरि लयमा फर्किएको बताएका हुन्। बाइडेनले सत्ता सम्हाल्ने तयारीका साथ सरकारको महत्त्वपूर्ण छ वटा पदमा टोली घोषणा गर्दै भनेका छन्,‘विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आएको छ।’ आफ्नो मन्त्रिपरिषद्‍मा रहने मुख्य व्यक्तिहरूको घोषणा गर्दै उक्त समूहले अमेरिकालाई पुनः एकताबद्ध गराउने बाइडेनको भनाइ छ।

विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो

एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ। एकै दिन पाँच लाख २५ हजार ३८६ नयाँ संक्रमति थपिएसँगै कुल संक्रमितको संख्या ६ करोड ७० हजार ५९९ पुगेको हो। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा एक लाख ६४ हजार ५६६ जनामा संक्रमण पुष्टि भएको छ। भारतमा ४४ हजार, ब्राजिलमा ३३ हजार ५४५, रसियामा २४ हजार ३२६, इटलीमा २३ हजार २३२, बेलायतमा ११ हजार २०० संक्रमित थपिएका छन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad