Namaste Icon
Ad

'नेपाल–भारत बारेमा मेरा केही सुझावहरु, कार्यान्वन गराउन अनुरोध छ'

'नेपाल–भारत बारेमा मेरा केही सुझावहरु, कार्यान्वन गराउन अनुरोध छ'
– दीर्घराज प्रसाई

२०६३ सालपछि नेपालको अधोगति गराउनमा भारतीय षडयन्त्र मात्र थिएन, अमेरिका, अनमीन, यूरोपियन राष्ट्रले पनि नेपाललाई अन्धकार भविष्यतर्फ धकेल्न सफल बने । पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकृत विशाल नेपाललाई टुक्रयाउन खोज्नेहरु यो देशका दुस्मन हुन् । तराईलाई विखण्डन गराउनमा प्रशासनिक संयन्त्र र गुप्तचर संस्था ‘रअ’ बाट प्रारम्भ भएको खतरनाक खेल यो । एकीकृत नेपाल रहे मात्र हामी नेपाली भएर बाँच्न पाउँछौं ।

२०६३ सालको जनआन्दोलनमा त प्रशस्त रकम दिएर भारतको बदनाम गुप्तचर संस्था ’रअ‘ ले कांग्रेस, एमाले र माओवादीका नेताहरुलाई बोकेर नेपालमा भीडन्त गराएको हो । यी राष्ट्रघाती नेताहरुले ‘रअ‘ र सीआइएको एजेण्डा– धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतालाई बोकेर नेपालको पहिचान र अस्तित्व समाप्त गर्न लागिरहेका छन् । अन्यायपूर्वक अवैधानिक तरिकाले नेपालको राजसंस्था र हिन्दु अधिराज्य बिस्थापित गर्न खोजेको परिणाम अहिले हामी सबैले भोग्दैछौं ।

दिल्ली संझौता २००७ सालदेखि नेहरुबाट नेपाललाई अस्तव्यस्त बनाएर नेपाल कब्जा गर्ने षडयन्त्र थियो- संविधानसभा । नेपालको बिपत्ति हुने मूलकाराण विदेशीहरुको चलखेल र षडयन्त्र नैं हो । २०६३ सालदेखि नेपाललाई असफल राष्ट्र बनाउन नेपालकै केही पदलोलुप्त पार्टीका नेताहरुलाई प्रयोग गरेर नेपालमा आफ्रनो प्रभाव जमाउन भारत र विदेशीहरुले नयाँ रणनीति बनाए । २०६२ सालमा दिल्लीमा भएको १२ बुँदे सहमति नेपाल डुबाउने संयन्त्र बन्यो । भारतले माओवादीलाई पालेरै राखेको थियो भने कांग्रेस र एमालेका नेताहरुकासाथ अन्य दलालहरु समेत संलग्न गराएर आर्थिक व्यवस्थाकासाथ जनआन्दोलनमा पठाएको थियो ।

नेपालमा धर्मनिरपेक्ष,गणतन्त्र, संघीयता एउटै प्रकारका रोगहरु हुन् । विक्रम संवत् २०७२ साल असोज ३ गते विदेशीहरुको दबाबमा धर्मनिरपेक्ष,गणतन्त्र, संघीयतालाई स्थापित गर्नको लागि संविधान घोषणा भएता पनि अहिले नेपाल संविधानविहीन अवस्थामा छ । घोषित संविधानको समर्थन पनि गर्न सकिदैन र लागु पनि हुन सक्तैन । नेपालमा संवैधानिक राजसंस्था र एकीकृत हिन्दु अधिराज्य- नेपाल रहे मात्र हामी नेपाली भएर बाँच्छौं !

२०६३ सालभन्दा अगाडि माओवादीले मारेका, अङ्गभङ्ग भएका, विकासका पूर्वाधारहरु नष्ट गराइएको बारेको क्षतीपूर्ति र सजायको भागिदार आज कोही पनि हुन चाहँदैनन् । यसरी राष्ट्रलाई डुबाउन खोज्नेहरुले नेपालको इतिहासलाई कलंकित बनाउने काम विदेशीले विदेशीले उचालेका पार्टीका नेताहरुले गरेका छन् । बितेका बर्षमा घटेका घटनाहरुको राम्ररी अध्ययन गरेर हेरियो भने देशको अधोगति यसरी कहिले भएको थिएन । यी सबै संकटको कारणका २०६३ सालपछि सत्तामा रहेका जो जति छन् ती सबैको अराजक सोचाईृको कारणले नेपाली जनताले ठूलो सास्ती भोगिरहेका छन् ।

राष्ट्रिय राजनीतिमा कोही मान्छे पद नखाएरै पनि अमर हुन्छन्, कोही पद खाएर कलंकित हुन्छन्, कोही हल्लैहल्लाबाट वदनाम हुन्छन् । राजनीतिमा दलाली र प्रतिक्रियावादी प्रवृत्ति भएका मान्छेहरु यस्तै हुन्छन् । चीनले पनि नेपालका छेपारी प्रवृत्तिका चमेरै माओावादीलाई विश्वास नगरेर नेपालको स्थिरताको लागि स्थायी संस्था अटल रहिरहेको चाहान्छ । त्यसो भएकाले अव कांग्रेस, स्वतन्त्र नागरिक, देशभक्तहरु, राजावादी सबैसँग स्थायी मित्रता कायम गर्ने सर्तमा एक हुनुको विकल्प छैन ।

भारतमा कांग्रेस (आई) सोनीयाँ गाँधीको नेतृत्वमा बनेको मनमोहन सिंहको सरकार थियो । कांग्रेस (आई) आफै नेपालमा सशस्त्र युद्ध गर्न डराउँछ । उसलाई अन्तराष्ट्रिय रुपमा वदनाम हुने डर थियो र नेपाल माथि प्रत्यक्षरुपमा जाईलाग्दा चीनसँग पनि उ त्रसित थियो । त्यसोभएकाले भारतले २००७ सालदेखि नैं मोहन शम्सेरलाई प्रयोग गरेको थियो भने २०६२ सालदेखि यहाँका नैं पार्टीका नेताहरु प्रयोग गरेको थियो । अहिले भारतमा कांग्रेस (आई) को सत्ता ढलिसकेको छ । उसबेलामा भारतबाट रचिएका कष्टपूर्ण षडयनत्रमा अमेरिका, यू.एन्. यूरोपियन राष्ट्रहरु पनि लागेका थिए । त्योबेलादेखिको खतरनाक माहुल अध्यावधि रहिरहेको छ ।

अत अव नेपाल– भारत बारेमा मेरा केही सुझावहरु कार्यान्वन् गराउन अनुरोध गर्छु–


१) नेपालमा संवैधानिक राजसंस्था र हिन्दुअधिराज्यको लागि भारतीय जनता पार्टीले नेपालका पार्टीका नेताहरु लगायत जिम्मेवारी तहमा विश्वको एकमात्र हिन्दुअधिराज्यलाई भारतले पनि आप्mनो प्रतिष्ठाको विषय ठानेर प्रस्ताव गर्नुपर्छ ।


२) भारत सन् १९४७ मा स्वतन्त्र भएपछि भारतको संविधानमा हिन्दु, मुसलमान, इसाईहरु सबैको सहमतिमा संविधानमा धर्मनिरपेक्ष राष्ट्र कायम गरियो । यस हिसाबले भारत धर्मनिरपेक्ष स्थापित भएता पनि भारतीय जनतापार्टीले भारतका धामहरु, मंदिरहरुको सम्मान तथा निर्माण गरेर भारतबर्षमा युगयुगान्तरसम्म हिन्दुत्व अटल रहिरनसक्ने नीति लागु गर्न सक्नुपर्छ ।

३) नेपाल भारतका जनताबीच सीमानाका समस्या समाधान गर्ने, आवात–जावतमा सँधै सौहार्दता कायम राख्नसक्ने नीति भारजपाले तय गर्नुपर्छ । ४) नेपाल–भारतमा रहेका हिन्दु धाम मंदिरहरु तथा तीर्थयात्री तथा यात्रुहरुको सुखसुविधा र समस्या समाधान गर्ने एक उच्चस्तरीय नेपाल–भारत हिन्दुधर्म संवर्धन आयोग गठन गरिनु पर्छ । यसको कार्यालय र रेखदेख गर्न दिल्ली स्थित नेपाली राजदूतावास र नेपाल स्थित भारतीय राजदूतावासहरुलाई जिम्मेवारी सुम्पिनु पर्छ ।

४) कालापानी, लिपियाधुरा र पश्चिम तटसम्म नेपालको भूभाग हो !
सुगौली संधि अनुसार लिपियाधुरा महाकाली नदीको मुहान र पश्चिम तटसम्म नेपालको भूभाग हो । कैलास पर्वतदेखि दक्षिणको ब्यास उपत्यकाको वर्णन कैलासखण्ड महात्म्य, नेपालखण्ड माहात्म्य, उत्तराखण्ड माहात्म्य र स्कन्द पुराणमा पनि छ । यो क्षेत्रलाई भारतले कृत्रिम महाकाली खडा गरेर हडप गरेको छ । २०१८ सालको भारत–चीनसँगको युद्धको बेलामा नेपालमा नापी आएको थिएन । महाकाली नदी नेपालको सीमाना हो र भारतीय सेनाले महाकाली पारी नैं रहेको भनेपछि नेपालीपक्षले लडाईको बेला निहुखोज्न जाने पनि कुरा आएन । तर पछि मात्र थाहा भयो कि नक्कली महाकाली बनाएर भारतीय सेना नेपालको भूमि माथि बसेको रहेछ । यस तथ्यलाई भारतले बुझी सकेको हुँदा अव मोदी सरकारले कालापानी लगायत भारतीय पक्षबाट मिचिएका नेपालका भूभाग फिर्ता गर्न नेपालको पक्षमा निर्णायक भूमिका खेल्नुपर्छ ।

सबै पार्टीभित्र राष्ट्रघाती छैनन् । अव सबै पार्टीका देशभक्त कार्यकर्ताहरुले लगायत तमाम देशभक्तहरुले नेपालको अस्तित्व बचाउनु संवैधानिक राजसंस्था र हिन्दुअधिराज्यलाई यथावत कायम गरी अगाडि बढ्न समर्पित हौं । यसहिसावले नेपालमा संवैधानिक राजसंस्था तथा हिन्दु अधिराज्यलाई अटल राखेर संसदीय प्रजातन्त्रलाई नैं सुदृढ बनाउन सक्नु पर्छ ।

अव जे हुनु भयो । देशलाई सम्हाल्न देशको राष्ट्रियता र संसदीय प्रजातन्त्रलाई एकैसाथ समन्वय र संतुलनकासाथ संचालन गर्ने सर्तमा परम्परागत राष्ट्रवादी संस्था, राष्ट्रवादी, राजावादी, स्वतन्त्र नागरिक अन्य देशभक्त राजनीतिक दल तथा राज्यका स्थायी अङ्गहरुको सम्पूर्णको संयुक्त प्रयासमा नेपालको अस्तित्व बचाउने काम गरौं ।

यो पूण्यभूमि नेपाललाई विश्वब्यापी रुपमा समृद्ध बनाउने संकल्पकासाथ अगाडि बढ्नु पर्छ । अव नेपाललाई बचाउन नेपालको अपरिहार्य आवश्यकता भनेको प्रजातान्त्रिक व्यवस्था र संवैधानिक राजसंस्था सहितको हिन्दु अधिराज्यको सुदृढीकरणगर्दै अगाडि बढ्नु हो । नेपालमा संवैधानिक राजसंस्था र हिन्दुअधिराज्य स्थापित भएपछि यसअर्थमा नेपालको संवन्ध सदाको लागि शान्त, सौहार्द र सकारात्मक रहिरहने छ ।


–दीर्घराज प्रसाईकाे फेसवुकबाट

Ad

सम्बन्धित समाचारहरु

कमल थापा ज्यु लाई बिनम्र अनुरोध

कमल थापा ज्यु लाई बिनम्र अनुरोध

जाँदा जाँदै,आदरणीय कमल थापा ज्यु लाई बिनम्र अनुरोध

कोरोना संक्रमणको बर्तमान सन्नाटा : डा. रवीन्द्र पाण्डे

परीक्षणको दायरा घटेको छ | अहिले परीक्षण गराउने अधिकांश व्यक्तिमा बाहिर जाने, बाहिरबाट आउने, अफिसलाई रिपोर्ट बुझाउनुपर्ने, फिल्ड जाने / आउने ... धेरै छन् | कन्ट्याक्ट ट्रेसिंग एकदम न्यून छ | लक्षण देखिएका व्यक्ति, एकजना संक्रमित देखिएको व्यक्तिका पारिवारिक सदस्य, संक्रमितसंग भेट भएका व्यक्ति, बृद्धबृद्धा आदिले परीक्षण गराउन उत्सुक छैनन् | यो समुह ठूलो संख्यामा छ र जोखिममा छ | एन्टीजेन किट तथा एन्टिबोडी टेस्टले संक्रमणको अवस्था थाहा पाउन सकिन्थ्यो | यसमा सरकार उदासिन देखिएको छ | दशैं अघिं गर्ने भनिएको सेरोप्रिभ्यालेंस टेस्ट अहिले विस्मृतिमा परिसकेको छ |

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad