Namaste Icon
Ad

हिन्दु राष्ट्र र राजतन्त्रको मागसहित धनगढीमा मोटरसाईकल र्याली

हिन्दु राष्ट्र र राजतन्त्रको मागसहित धनगढीमा मोटरसाईकल र्याली

कैलाली । हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गर्दै देशभक्त समाजले कैलालीमा मोटरसाइकल र्याली गरेको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट निस्केको र्याली अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोणसभामा परिणत भएको कार्यक्रमका संयोजक रविन्द्र कार्कीले जानकारी दिए । र्यालीमा सयौं युवा तथा समर्थकको सहभागिता रहेको थियो । हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापनाको माग सहित बृहत प्रर्दशन गरिएको आयोजकले जनाएको छ ।

अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउनु नसकेको र भ्रष्टाचार, अनियमितता, कालो बजारी बढेकाले यसको विरुद्ध प्रदर्शन गरिएको कार्कीले बताए ।

Ad

सम्बन्धित समाचारहरु

अर्थमन्त्री पौडेललाई बुटवलमा नेविसंघ र तरुण दलले देखायो कालो झण्डा

बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ । बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा नेता पौडेललाई नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले तिनाउ पुल नजिक नेपालगन्ज रोडमा कालो झण्डा देखाएका हुन् ।

लोकतन्त्रमा कुनै पनि  पार्टी फुट्नु हुदैन : पूर्वमन्त्री बाँस्कोटा

काभ्रे । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने बताएका छन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित ‘बाँसगेडी माझी बगर’ चक्लाबन्दी तथा सामूहिक खेती उद्घाटन कार्यक्रममा मङ्गलबार उनले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने तर विकास निर्माणमा पार्टी–पार्टी र आन्तरिक प्रतिस्पर्धा भने हुनुपर्ने बताएका हुन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad