# भर्खरै
Namaste Icon
Ad

रोशी गाउँपालिका ४ मा सयौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

रोशी गाउँपालिका ४ मा सयौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

काभ्रे । नेपाली कांग्रेस रोशी गाउँपालिका वडा ४ साबिकको महादेवटार गाविस द्वारा आयोजित चियापान तथा पार्टी प्रवेश कार्यक्रममा १०० भन्दा बढी नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी नेपाली कंग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, विशेष अतिथीहरुमा नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति मधु आचार्य, प्रतिनिधि सभा काभ्रे १ का सभापति एवं पूर्व सांसद तीर्थ लामा, प्रदेश सभापति रमेश हुमागाईं, राम योन्जन लगायतका नेताहरुले नवप्रवेशीहरुलाई स्वागत गरे ।

विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूले देशको लागि नेपाली कंग्रेस बाहेक अरू कुनै बिकल्प नभएको बताएका छन । यो देशको लागि हिजो आज र भोलिको दिनमा देश र जनताको लागि सँधै लडिरहेकोले कंग्रेसको सिद्धान्त र बिचार पूर्ण लोकतान्त्रिक भएको हुनाले आफुहरू कंग्रेसमा लागेको प्रवेशीहरूले बताए । नेपाली कांग्रेसको केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईंले सबैलाई स्वागत गर्दै अब युवाको इच्छा र आकांक्षा अनुसार सँधै कंग्रेस लागि रहने प्रस्ट पारे । साथै नेपाल कंग्रेस काभ्रेका सभापति मधु आचार्यले पनि नव प्रवेशीका विचारहरुले थप कांग्रेसलाई हौसला प्रदान गरेको बताए ।

सो कार्यक्रमको बिशिष्ट अतिथि तथा नेपाली कांग्रेस क्षेत्र नं १ काभ्रे को प्रतिनिधि सभाको सभापति तथा पूर्व सांसद तिर्थ लामाले नव प्रवेशीकाहरू लाई टिका लगाउँदै नयाँ जोस र जाँगरका साँथ पार्टीलाई बलियो बनाउनुपर्ने बताए । लामाले निरन्तर रुपमा जनभावना अनुसार सधै कांग्रेस लागि रहने स्पष्ट पारे । साथै प्रदेश सभापतिहरूले तथा कांग्रेसका नेताहरुले सम्पूर्ण नव प्रवेशीकाहरूलाई हार्दिक स्वागत तथा बधाई दिएका छन् ।

 

Ad

सम्बन्धित समाचारहरु

ईलामको सन्दकपुरमा सशस्त्र प्रहरीको बीओपी स्थापना

ईलामको सन्दकपुरमा सशस्त्र प्रहरीको बीओपी स्थापना

काठमाडौं । ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका–५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बीओपी) जौवारी स्थापना भएको छ। नम्बर १ प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृषि राज्यमन्त्री राम रानाले सोमबार बीओपीको उद्घाटन गरेका हुन्। सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण ईलाम मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारीनिकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध कामकारवाहीहरुमा परिचालित हुनेछ।

बिरामी छोराको उपचारका लागि हारगुहार गर्दै कार्की

बिरामी छोराको उपचारका लागि हारगुहार गर्दै कार्की

उदयपुर । कटारी नगरपालिकाका १० का पदम बहादुर कार्कीको फुटबल खेल्न गएको बेला पौडी खेल्न जादा मृत्यु भएको थियो । साथमा रहेको कान्छो छोरा पनि बिरामी भएर थलिएका छन । पायाल्सको बिरामी भएका कान्छा छोराको उपचारका लागि आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या हुदा छोराको उपचारको लागि खर्चको बन्दोबस्त नहुदा स्वदेश बिदेशमा रहने सम्पूर्ण नेपालीहरुलाई सहयोगको लागि अपिल गरेकी छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad