Namaste Icon
Ad

एनपीएल आयोजनाको जिम्मा भारतिय कम्पनीलाई !

एनपीएल आयोजनाको जिम्मा भारतिय कम्पनीलाई !

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने घोषणा गरेको छ । क्यानको बुधबार भर्चुअल रूपमा सम्पन्न वार्षिक साधारणसभाले कार्यसमितिलाई एनपीएल आयोजना गर्ने स्वीकृति दिएको थियो । तर, एनपीएल आयोजनाका लागि क्यानले एक भारतीय कम्पनीलाई आयोजकको जिम्मा दिने निर्णय गरेको छ ।  भारतीय कम्पनीबाट एनपीएल आयोजनाको लागि प्रस्ताव आएपछि क्यानले यस विषयलाई अगाडि सारेको थियो । दिल्लीको सेभेन थ्री स्पोर्ट्सको प्रस्तावअनुसार क्यानले एनपीएल आयोजनाका लागि उक्त कम्पनीसँग १० वर्षको सम्झौता गर्न लागेको जनाएको थियो । प्रस्तावअनुसार यो कम्पनीले पहिलो वर्ष करिब साढे २ करोड रकम क्रिकेट संघलाई बुझाउनेछ । त्यसपछि वार्षिकरुपमा रकम बृद्धि गर्दै १० वर्षमा करिब ४० करोड बुझाउने प्रस्ताव अगाडि ल्याएको क्यानले जनाएको थियो ।


क्यानको स्वामित्व र नेपालको हितमा हुने गरी साधारणसभाले कार्यसमितिलाई एनपीएलको सम्झौता प्रक्रिया अगाडि बढाउने जिम्मेवारी दिएको जनाएको थियो । तर, क्यानले गरेको यस निर्णय प्रति धेरैले विरोध गरेका छन् ।  धनगढी क्रिकेट एकेडेमिका अध्यक्ष शाहीले क्यानले आफ्नो मूल्य चिन्न नसकेको आरोप लगाएका छन् । उनले नेपालमै आफुहरुले एनपीएल आयोजना गर्न सक्ने भए पनि क्यानले सस्तैमा आफुलाई भारतीय कम्पनिलाई बेचेको आरोप लगाए ।


‘क्यान अहिले गलत दिशातिर हिँडिरहेको जस्तो लागि रहेको छ । एनपीएल गर्नका लागि १० वर्षको सम्झौता गर्दै भारतीय कम्पनीलाई दिने भन्ने कुरा रहेछ । त्यो कम्पनीले वर्षको दुईकरोड दिने भनेको कुनै ठुलो रकम हैन,’ धनगढी प्रिमियर लिगका आयोजक तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले भने, ‘यो निर्णय हेर्दा क्यानले आफ्नो क्षमता नचिनेको जस्तो लाग्यो । संस्थाको मूल्य र संस्थाले के गर्न सक्छ भन्ने विषय अहिलेसम्म बुझ्न सकेन ।’


उनले सानो एक क्रिकेट एकेडेमीले ठुलो फ्रेन्चाइज लिग गर्न सक्ने, क्याने किन नसक्ने भन्दै आक्रोस पोखे । धनगढी क्रिकेट एकेडेमिका अध्यक्ष शाहीले राष्ट्रिय स्तरको एनपीएल आयोजनाको जिम्मा पाए विदेशी कम्पनीले दिइरहेको भन्दा २० गुणा बढी रकम जुटाउन सक्ने विश्वास रहेको बताए । उनले विदेशी कम्पनीसँग गर्न खोजिएको क्यानको यो सम्झौताको भविष्य पनि हेर्न आवश्यक रहेको बताए । विदेशी कम्पनीले भोलिका दिनमा आफुले सोचेजस्तो नभए बीचैमा छोड्न सक्ने सम्भावना बढी भएको उनको बुझाइ छ ।


उनले क्यानको यस्तो निर्णयलाई कसैले पनि साथ नदिन आग्रह गरे । माथिल्लो निकायबाट नै यस निर्णयलाई स्वीकृति दिन नहुने उनको सुझाव छ । नेपाल आफैँमा क्रिकेटको धेरै ठूलो सम्भावना भएको यस्तो इभेन्ट आफैले गर्नुपर्ने उनले बताए । टेस्टराष्ट्र र विश्वकपको सपना लिएर हिँडिरहेको नेपाली क्रिकट आफैँमा क्षमता भएको उनले बताए । उनले काम गरिरहेकै व्यक्तिहरुसँग सहकार्य गरेर अगाडि बढ्नुबाहेक अन्य विकल्प नरहेको बताए ।


हाल नेपालमा धनगढी प्रिमियर लिग (डीपीएल), एभरेस्ट प्रिमियर लिग (ईपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) गरी तीन फ्रेन्चाइजी क्रिकेट लिग सञ्चालनमा छन् । तर, कोरोनाभाइरस महामारीका कारण तीनवटै प्रतियोगिता हुन सकेका छैनन् । क्यान निलम्बन रहेका बेला तीनवटै लिगले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई प्रति लिग करिब ३० लाख रुपैयाँ दिँदै आएका थिए ।


उनले नेपालबाटै कसैले पनि इभेन्ट गर्दा स्वदेशी व्यक्तिको रोजगार नगुम्ने बताए । विदेशी कम्पनीले आयोजना गरे नेपालमा अम्पाइरिङ गरिहेकाहरुले समेत आफ्नो रोजगार गुमाउन सक्ने सम्भावना रहेको शाहीको बुझाइ छ । लिगका लागि विदेशी कम्पनीले आफ्नै म्यानपावर ल्याउन सक्ने भएकाले स्वदेशी रोजगार गुम्ने अर्को खतरा भएको उनले बताए । उनले विदेशी कम्पनीले क्यानका लागि गरेको प्रस्ताव यो समयमा हाँस्यास्पद भएको बताएका छन् । यो सम्झौता गर्दा दस वर्षमा नेपाली क्रिकेटलाई अर्बौैँको घाटा हुन सक्ने उनले बताए ।

Ad

सम्बन्धित समाचारहरु

एटलान्टासँग लिभरपुरको लज्जास्पद हार

एटलान्टासँग लिभरपुरको लज्जास्पद हार

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा लिभरपुल पराजित भएको छ। गएराति सम्पन्न समूह डीको अन्तिम खेलमा लिभरपुल एटलान्टा सँग २-० गोल अन्तरले पराजित भएको हो ।

सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिएका चर्चित फुटबलर म्याराडोनाको निधन

काठमाडौं । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो। त्यसपछि उसलाई अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad