Namaste Icon
Ad

पौडेल र पोखरेलसँग छलफलमा प्रचण्ड

पौडेल र पोखरेलसँग छलफलमा प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल र पार्टी महासचिव बिष्णु पौडेचबीच पार्टी कार्यालयमा छलफल भएको छ। नेकपामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच तीब्र विवाद तथा शक्ति संघर्ष चलिरहेका बेला तीन नेताबीच शुक्रबार दिउँसो भेटवार्ता भएको हो।

कात्तिक २८ गतेको पार्टी सचिवालय बैठकमा प्रचण्डले पेस गरेको १९ पृष्ठ लामो प्रस्तावबाट आक्रोशित भएका प्रधानमन्त्री ओलीले त्यसको जवाफस्वरुप मंसिर १३ गते बस्ने बैठकमा आफ्नो तर्फबाट प्रस्ताव ल्याउने बताएपछि नेकपाभित्रको राजनीति तनावपूर्ण बनेको छ।

नेताहरुले प्रचण्डसँग भेट गर्न आग्रह गरेपछि पार्टी कार्यालयमा छलफल राखिएको स्रोतले बतायो । नेकपाको नौ सदस्यीय सचिवालयमा पाँचजना नेता प्रचण्डको नेतृत्वमा एकजुट हुँदा उपप्रधानमन्त्री पोखरेल र अर्थमन्त्री समेत रहेका महासचिवल पौडेलले ओलीलाई साथ दिइरहेका छन्।

Ad

सम्बन्धित समाचारहरु

तनहुँबाट सुरु भएको सर्वसत्तावादविरुद्धको आन्दोलन अब राेकिदैन : पौडेल

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँबाट सुरु भएको सर्वसत्तावादविरुद्धको आन्दोलन उसै नरोकिने चेतावनी दिएका छन्। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सही अर्थमा साकार नगरेसम्म आन्दोलन नरोकिने उनको भनाइ छ। तनहुँको व्यास नगरपालिकास्थित बुल्दी खोलाको पुल बिहीबार उद्घाटन गर्दै ओलीले कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी नहुने भन्दै प्रधानमन्त्री केपी ओलीको पनि चर्को आलोचना गरे। उनले भने, ‘मलाई लागेको थियो, केपी ओली सुध्रे होलान् भनेर। तर सध्रने त कुनै छाँट छैन। कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुँदैनन्।’

‘नेकपा फुट्नका लागि बनेको पार्टी होइन’

‘नेकपा फुट्नका लागि बनेको पार्टी होइन’

इलाम । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको बताएका छन । सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने दृढता व्यक्त गरे । अर्को प्रसङ्गमा मुख्यमन्त्री राईले यस तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको बताउँदै भने, ‘हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौंँ ।’ उनले कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको बताए । उनले भने, 'अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प छैन ।'– रासस

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad