Namaste Icon
Ad

नेपाल टेलिकमले अटम अफरका सुविधा थप आकर्षक बनायो

नेपाल टेलिकमले अटम अफरका सुविधा थप आकर्षक बनायो

काठमाडौं । नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याक (लाई थप सुविधा सहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर आज राती १२ बजे पश्चात लागु हुनेछ । हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याक अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. २५० मा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि रु. ८५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको हो ।

सो अनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याक अन्तर्गत रु. २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने छ । यसैगरी रु. ८५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने छ ।

Ad

सम्बन्धित समाचारहरु

एनसेलले ल्यायाे दुईवटा नयाँ भ्वाइस प्याक याेजना

एनसेलले ल्यायाे दुईवटा नयाँ भ्वाइस प्याक याेजना

काठमाडौं । एनसेलले प्रिपेड ग्राहकका लागि दुईवटा नयाँ भ्वाइस प्याक याेजना ल्याएको छ। एक घण्टा र तीन दिनको समयसीमा भएको भ्वाइस प्याक ग्राहकमाझ ल्याइएको हो। यी प्याकहरू भोलि बिहीबारबाट लागू हुनेछन्। एनसेलका अनुसार ग्राहकले करसहित १७ रूपैयाँमा एक घण्टा समयसीमा रहेको ६० मिनेट ‘अन नेट टक टाइम’को फाइदा लिन सक्नेछन्।

बल्र्डलिंक अन्तराष्ट्रिय स्तरको मेरिट पुरस्कारबाट  सम्मानित

काठमाडौ । इन्टनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्स अन्तराष्ट्रिय स्तरको मेरिट पुरस्कारबाट सम्मानित भएको छ । नेपालका कर्णाली प्रदेशसहित विभिन्न विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पु¥याएको भन्दै डिजिटल अपर्चुनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ जित्न कम्पनी सफल भएको हो। यो पुरस्कार पाउने वल्डलिंक नेपालको पहिलो कम्पनी बनेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad