Namaste Icon
Ad

अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी सुरु

अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी सुरु

काठमाडौं । नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा काठमाडौंमा अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी आयोजना भएको छ । नेपाल चाइना मिडिया फोरमको आयोजनामा नयाँ बानेश्वरमा रहेको होटल एभरेष्टमा शुक्रबारदेखि फोटो प्रदर्शनी सुरु भएको हो । सात दिनको प्रदर्शनीमा युन्नानका भूगोल, जनजाति र संस्कृतिसम्बन्धी मनमोहक ३२ तस्वीर समावेश गरिएका छन ।

फोटो प्रदर्शनीको उदरघाटन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरे । सो क्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले यस्तो कार्यक्रमले दुई देशबीचका जानतालाई अझ नजिक ल्याउन मद्दत पुर्याउने बताए । फोटो प्रदर्शनीले नेपाल र चीनका प्राकृतिक वैभवहरुलाई चिन्ने र बुझ्ने अवसर प्रदान गर्ने समेत अध्यक्ष तिमिल्सिनाले बताए । यस्तै प्रदर्शनीमार्फत नेपालको प्राकृतिक सुन्दरताहरुलाई प्रवद्र्धन गरी पर्यटनको विकास र विस्तार हुने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले यस्तो कार्यक्रमले दुई देशबीचको पर्यटनको प्रवद्र्धनमा सहजता पुग्ने बताए । यस्तै, नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पक्षबाट उल्लेख्य सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे । एक सातासम्म चल्ने तस्वीर प्रदर्शनीको संयोजन नेपाल चाइना मिडिया फोरमले गरेको हो । कार्यक्रममा चिनियाँ सरकार र कम्युनिस्ट पार्टीका नेताहरुले भिडियो कन्फ्रेन्समार्फत कार्यक्रम सफलताको कामना गरेका थिए । फोरमका अध्यक्ष किशोर श्रेष्ठले युन्नानसित नेपालको हजारौं वर्ष सम्बन्ध रहेको तथा दुवैबीच भौगोलिक,जातीय र सांस्कृतिक विविधता रहेको, नेपालबाट एक हजार ७४७ किमीको मात्र दूरी भई अढाइ घण्टाको मात्र हवाई उडान रहेको तथा नेपालका राष्ट्रपति,उपराष्ट्रपति र प्रधानमन्त्रीहरु युन्नानमा आयोजित विभिन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेको र मिडियाबीचको सम्बन्ध पनि निकै राम्रो रहेको उल्लेख गरे । उनका अनुसार युन्नानमा दक्षिण एशियाका मात्र २० हजार विद्यार्थी अध्ययनरत छन् । फोटो प्रदर्शनी मंसिर ११ गते सम्म सञ्चालन हुनेछ ।

Ad

सम्बन्धित समाचारहरु

एकाबिहानै लगनखेलमा तिहार बजार (यी १० तस्बिर)

एकाबिहानै लगनखेलमा तिहार बजार (यी १० तस्बिर)

यमपञ्चक सुरु भए सँगै बजारमा तिहारको चहलपहल बढेको छ । तस्विर : सन्तोष दाहाल

कोभिड– १९ का कारण मन्दिरमा भक्तजन कमी

कोभिड– १९ का कारण मन्दिरमा भक्तजन कमी

काठमाडौँको फर्पिङ कुुलेखानी सडकखण्डमा पर्ने प्रसिद्ध दक्षिणकाली मन्दिरमा कोभिड– १९ का कारण दर्शन गर्न आउने जाने भक्तजनको कमी । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad