Namaste Icon
Ad

उद्यमशीलता सम्बन्धी टक सिरिज हुने

उद्यमशीलता सम्बन्धी टक सिरिज हुने

काठमाडौं । हल्ट प्राइज एट आईओई २०२०-२१ र पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा शनिबार उद्यमशीलता सम्बन्धी टक सिरिज आयोजना हुने भएको छ । सोही दिन हल्ट प्राइजको सेमी फाइल कार्यक्रम पनि सम्पन्न हुनेछ । उद्यमी टक सिरिजको यो सातौं श्रृंखला हो । ‘सस्टेनिग् योर् बिज्नेस’ शीर्षकमा केन्द्रित रहने कार्यक्रमका लागि पूर्व मिस नेपाल तथा मिडिया पर्सनालिटी माल्भिका सुब्बा, बौद्ध भिक्षु तथा गायिका आनी छोइङ ड्रोल्मा, मिडिया पर्सनालिटी तथा मोडल श्री पाण्डे, मिडिया पर्सनालिटी तथा पूर्व मिस टिन रोजिका पोखरेल, डिजिटल नेपाल कम्पनीका संस्थापक आदित्य राज र फिलिपिन्सबाट स्वान्टेल नेइटो उपस्थित हुने छन् ।

फिलिपिनी सामाजिक उद्यमी तथा बीएण्डबी सोल्युसनकी सहसंस्थापक स्वान्टेल नेइटो यस कार्यक्रमको मुख्य वक्त्ता हुन् । यस्तै हल्ट प्राइजको सेमिफाइलमा जजको रुपमा आनी छोइङ ड्रोल्मा, राजनीतिक तथा इ. आदित्य राज, अल्फा सेनोन, बिजनेस कोच, बिजनेस स्ट्राटेजी क्रिएटर तथा अर्थविद् अहमद फरहाद सारवरी रहने छन् ।

हल्ट प्राइज आइओई २०२१ मा सहभागी हुने प्रतिस्पर्धीहरुले विभिन्न किसिमका पुस्कार तथा गिभअवेहरु पाउन सक्ने छन् ।

१. विजयी टिमले नौलो रेस्टुरेन्टको तर्फबाट चार हजार बराबरको फुड भौचर,
२. शीर्ष पाँच टिममा प्रत्येकलाई पाँच हजार बराबरको अनलिमिटेड होस्टिङ, ३. शीर्ष तीन टिमका प्रत्येक सदस्यलाई पाँचसय रुपैयाँ बराबरको एम सक्युरिटी एन्टीभाइरस एक वर्षलाई प्रदान गरिने कार्यक्रम आयोजकले बताएको छ ।
४. यस्तै हल्ट प्राइज आइओईका सबै सहभागीहरुले प्रतिमहिना पाँच डलर पर्ने टास्केड कोवर्किङ सफ्टवेयरको अनलिमिटेड भर्सन एक वर्षका लागि प्रयोग गर्न सक्ने छन् ।

सेमिफाइनलबाट चयन हुने केही टिम फिनाले राउण्ड प्रतिस्पर्धाका लागि अगाडि जाने छन् । साथै यस प्रत्योगितामा वाइल्ड कार्ड इन्ट्रीको समेत व्यवस्था छ ।
कार्यक्रम भाेलि शनिबार १२ देखि साँझ ६ बजेसम्म चल्ने छ । कार्यक्रममा सहभागी हुन यस लिङ्कमा गएर दर्ता हुनुपर्ने छ ।

Ad

सम्बन्धित समाचारहरु

उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि काठमाडौंमा शुरू !

काठमाडौं । निजी उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा आजदेखि काठमाडौंमा शुरू हुँदैछ। ​ साधारसभाको प्रधानमन्त्री केपी ओलीले बालुवाटारबाट जुम मिटिङबाट उद्घाटन गर्नेछन्। गत चैतमै हुनुपर्ने साधारण सभा (नेतृत्व चयनको महाधिवेशन) बिहीबारबाट सुरु भई ३ दिनसम्म चल्नेछ।

कोरोना संक्रमणको अवस्थामा पनि रेमिटेन्समा बृद्धि

कोरोना संक्रमणको अवस्थामा पनि रेमिटेन्समा बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा शोधनान्तर बचत १ खर्ब १ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो १४ अर्ब ४३ करोड रुपैयाँले बचतमा थियो । शोधनान्तर स्थितीमा सबैभन्दा बढी टेवा पु¥याउने रेमिटयान्स आप्रवाह १२ दशमलब ६ प्रतिशतले बढेर २ खर्ब ५८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ५ दशलमव १ प्रतिशतले घटेको थियो । कोरोना संक्रमणको अवस्थामा पनि विदेशमा बस्ने नेपालीले पठाउने रेमिटेन्समा बृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको साउनदेखि असोजसम्मको प्रतिवेदनमा सो कुरा उल्लेख छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad