Namaste Icon
Ad

डोनाल्ड ट्रम्पका जेठा छोरालाई कोरोना संक्रमण

डोनाल्ड ट्रम्पका जेठा छोरालाई कोरोना संक्रमण

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरालाई कोरोना संक्रमण भएको छ। बीबीसीका अनुसार ४२ वर्षीय डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना संक्रमण भएको हो। उनलाई यो हप्ताको सुरुवातमा कोरोना पुष्टि हो। अहिले उनी क्वारेन्टिनमा छन्।

Ad

सम्बन्धित समाचारहरु

विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आयो : बाइडेन

विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आयो : बाइडेन

एजेन्सि । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक नेता जो बाइडेनले विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आएको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी हारलाई स्वीकार गर्ने र बाइडेनको संक्रमणालीन टोलीलाई सहयोग गर्ने बताएपछि बाइडेनले अमेरिका फेरि लयमा फर्किएको बताएका हुन्। बाइडेनले सत्ता सम्हाल्ने तयारीका साथ सरकारको महत्त्वपूर्ण छ वटा पदमा टोली घोषणा गर्दै भनेका छन्,‘विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आएको छ।’ आफ्नो मन्त्रिपरिषद्‍मा रहने मुख्य व्यक्तिहरूको घोषणा गर्दै उक्त समूहले अमेरिकालाई पुनः एकताबद्ध गराउने बाइडेनको भनाइ छ।

विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो

एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ। एकै दिन पाँच लाख २५ हजार ३८६ नयाँ संक्रमति थपिएसँगै कुल संक्रमितको संख्या ६ करोड ७० हजार ५९९ पुगेको हो। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा एक लाख ६४ हजार ५६६ जनामा संक्रमण पुष्टि भएको छ। भारतमा ४४ हजार, ब्राजिलमा ३३ हजार ५४५, रसियामा २४ हजार ३२६, इटलीमा २३ हजार २३२, बेलायतमा ११ हजार २०० संक्रमित थपिएका छन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad