Namaste Icon
Ad

सडकमा नाचिरहेकी सारालाई मानिसहरुले भिखारी सम्झेर पैसा दिन थालेपछि...

सडकमा नाचिरहेकी सारालाई मानिसहरुले भिखारी सम्झेर पैसा दिन थालेपछि...

बलिउड अभिनेत्री सारा अली खान फिल्म उद्योगको रुचाइएकी अभिनेत्रीमध्ये एक हुन्। सारा सामाजिक सञ्जालमा पनि एकदमै धेरै सक्रिय छिन र आफ्नो फोटोहरू पनि सेयर गरिरहेकी हुन्छिन्। उसका बाल्यकालका तस्बिरहरु पनि सामाजिक सञ्जालमा चर्चाको विषय बन्दछन्।

उनको बाल्यकालमा आफूले गरेका गतिविधिहरू सबै अन्तर्वार्तामा पनि बताउँदै आएकी पनि छन्। हालसालै एक अन्तर्वार्ताका क्रममा साराले बाल्यकालको एउटा सुनाएकी छन्। त्यो घटना थियो उनी सडकमा नाँच्दै गरेको र मानिसहरु उनलाई भिखारी सम्झिएर सहयोग गरिरहेको।

साराले जुमसँग कुराकानीका क्रममा सानोमा आफ्नो परिवार छुट्टीका समयमा घुम्न गएको एउटा कथा सुनाएकी छिन्। भ्रमणका क्रममा सैफ अली खान, अमृता सिंह र इब्राहिमसँग उनी पसलमा केही लिन गएकी थिइन्। बाबा आमा पसलभित्र छिरे तर उनी आफ्नै धुनमा थिइन्। उनी आफ्नै तरिकाले रमाइलो मान्दै सडकमा नाचिरहेकी थिइन्। मानिसहरूले उनलाई भिखारी सम्झेर भटाभट पैसा दिन थाले। साराले मानिसहरुले दिएको पैसा राखिन् र नाचलाई पनि जारी राखिन्।


जब सैफ र अमृता पसलबाट बाहिर आए त्यसपछि उनीहरूलाई साराले नाचेको र सडकमा आउने जानेले राम्रो मानेर पैसा दिएको बारे बताइयो। प्रत्यक्षदर्शीले साराका बारेमा बताएको सुनेपछि अमृताले भनिन्, ‘यसलाई राम्रो लागेर होइन् कि भिखारी नै सम्झेर उनीहरुले पैसा दिएका हुन्।’

सारा हाल सारा बरुण धवनका साथमा ‘कुल्ली नम्बर १’मा काम गरिरहेकी छन्। यसका अलावा उनी आनन्द एल राईको फिल्म ‘अतरंगी रे’मा पनि काम गर्दैछिन्। यस फिल्ममा उनी अक्षय कुमार र धनुषसँग स्क्रिन सेयर गर्ने भएकी छन्।

Ad

सम्बन्धित समाचारहरु

दोश्रो विवाह गर्दै अभिनेत्री श्वेता खड्का

दोश्रो विवाह गर्दै अभिनेत्री श्वेता खड्का

काठमाडौ । अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्। मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्। उनीहरू दुबै केही समयदेखि प्रेममा थिए। सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन्।

शिवसेना प्रवेश गरिन अभिनेत्री उर्मिला

शिवसेना प्रवेश गरिन अभिनेत्री  उर्मिला

मुम्बई । बलिउड अभिनेत्री उर्मिला मातोण्डकर शिवसेना पार्टीमा प्रवेश गरेकी छन् । गतवर्ष कांग्रेस पार्टी छाडेकी उनले शिवसेना पार्टीमा प्रवेश गरेसँगै अभिनेत्री कंगना रनौटलाई अनावश्यक महत्व दिइएको जिकिर गरेकी छन् । बिजेपी र शिवसेनाको बीचमा वाकयुद्ध चलिरहेका बेला कंगनाले मुम्बईलाई पाकिस्तानको प्रशासित कश्मिरसँग तुलना गरेकी थिइन् । पार्टी प्रवेशसँगै अभिनेत्री उर्मिलाले भनिन्, ‘मलाई यसअद्धि पनि कंगनाको विषयमा नै धेरै प्रश्न गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad