Namaste Icon
Ad

सर्लाहीका ६० मुसहर बालबालिकाको लागि शैक्षिक सामाग्री सहयोग

सर्लाहीका ६० मुसहर बालबालिकाको लागि शैक्षिक सामाग्री सहयोग

काठमाडौं । सबैका लागि गुणस्तरिय शिक्षा अभियानले मुसहर बालबालिकाहरुको लागि शैक्षिक सामाग्री सहयोग गरेको छ । बिगत लामो समय देखि कोभिड १९ को महामारीको कारण गर्दा बिद्यालय जान असम्भव रहेका र बैकल्पिक सिकाईको लागि भर्चुअल बिधि मार्फत सिकाई सहजिकरण पनि असम्भव भएकाले मुसहर बालबालिकाहरुको लागि शैक्षिक सामाग्री सहयोग गरिएको हो ।

स्थानीय शिक्षकले सर्लाही जिल्लाको बबरगन्जका मुसहर बालबालिकाहरुको लागि सुरु गरिएको सिकाई सहजिकरणको लागि अत्यवश्यक शैक्षिक सामाग्रीहरु सहयोग गरेको सबैका लागि गुणस्तरिय शिक्षा अभियानकी अभियन्ता पुनम खडगीले जानकारी दिइन।
उनले भनिन, ‘तत्कालिन परिस्थितीमा आफू उपस्थित हुन नसके पनि उनीहरुलाई हाम्रो सबैका लागि निःशुल्क गुणस्तरिय शिक्षा अभियान मार्फत सहयोग गर्न पाँउदाँ खुसी लागेको छ ।’

यो एउटा सानो अभियान भएको बताउदै खड्गीले धेरै जनाले सहयोगको अपेक्षा राखेका छन तथापी हामीले चाँहेर पनि श्र्रोतहरु जुटाउन सकिरहेको अवस्था नभएको बताइन । यस्तो अवस्थामा पनि संकलन भएका श्रोतहरु मार्फत सम्भव भए सम्मका अत्यावश्यक भाई बहिनीहरुलाई यो २१औं शताब्दिमा पनि शैक्षिक सामाग्री अभाव अनी आर्थिक अभावले बिद्यालय छोड्न नपरोस भनि प्रयासहरु जारी राखेको उनले स्पष्ट पारिन ।

उनले भनिन, ‘अहिलेको अवस्थामा सहयोग संकलन त्यती सहज छैन् तथापी हाम्रो निरन्तर सहयोग गर्नु हुने मनकारी सहयोगदाताहरुको सहयोग मार्फत सकेको सहयोग गर्दे आईरहेको छौं।’ शिक्षा बिना सामाजिक बिकास असम्भव भएको बताउदै उनले भनिन, ‘अहिलेको पुस्तालाई हामीले शिक्षा दिन सक्यौ भने पक्कै अर्का पुस्ता यसवाट धन्य हुनेछ अनी सम्बृद्धको यात्रा तय हुने मा दुई मत छैन् ।’

Ad

सम्बन्धित समाचारहरु

मेयर फोरमको निर्णयपछि अनुकूल समयमा विद्यालय खोलिने

मेयर फोरमको निर्णयपछि अनुकूल समयमा विद्यालय खोलिने

ललितपु । ललितपुर महानगरपालिकाले काठमाडौं भ्याली मेयर फोरमको निर्णयपछि अनुकूल समयमा मात्र विद्यालय खोल्ने जनाएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण महानगरपालिकाले काठमाडौं उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य महानगरपालिका र नगरपालिकाका प्रमुखसँगको सल्लाह र सुझावपछि मात्र विद्यालय खोल्न उपयुक्त हुने जनाएको हो ।

निरोगी र दीर्घरोगी दुबैका लागि नेचुरोपेथी अस्पताल बरदान : मन्त्री श्रेष्ठ

काठमाडौं । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले दीर्घरोगीका लागि नेचुरोपेथी अस्पताल बरदान भएको बताउनुभएको छ । काठमाडौंको बसुन्धारास्थित काठमाडौं नेचुरोपेथी अस्पतालको प्रथम बार्षिकोत्सव तथा रक्तदान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्राकृतिक चिकित्सा पद्दति (नेचुरोपेथी) दीर्घरोगीका लागि बरदानझैं रहेको बताएका हुन । निरोगी र रोगी दुबै व्यक्तिका लागि नेचुरोपेथी उपयोगी रहेको उनले बताए । सबै अस्पताल धाएर नेचुरोपेथी अस्पताल आउनुभन्दा सुरुमै नेचुरोपेथीबाट उपचार गराउन उपयुक्त हुने मन्त्री श्रेष्ठले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad