Namaste Icon
Ad

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभए पनि स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली भएको हो ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। अन्य भू–भागमा मौसम सामान्यता सफा रहेको महाशाखाले जनाएको छ । शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ ।

देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै राति प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ ।

देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

Ad

सम्बन्धित समाचारहरु

प्रदेशको अधिकार मिचेको भन्दै सर्वोच्चमा रिट निवेदन

प्रदेशको अधिकार मिचेको भन्दै सर्वोच्चमा रिट निवेदन

काठमाडौं । संघीय सरकारले आफ्नो अधिकार क्षेत्र मिचेर प्रदेश नं २ मा रहेको ‘समृद्ध तराई–मधेश सिँचाइ विशेष कार्यक्रम’ को ठेक्का अघि बढाएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्रप्रसाद सोनालले आज दायर गरेको रिट निवेदनमा उक्त प्रदेश सरकारले सञ्चालन गर्नुपर्ने कार्यक्रममा केन्द्र सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विभागले ठेक्का प्रक्रिया अघि बढाएको उल्लेख छ ।

पत्रकारितामा महिला सहभागिता बढाउन तालिम सुरु

पत्रकारितामा महिला सहभागिता बढाउन तालिम सुरु

काठमाडौं । पत्रकारिता क्षेत्रमा महिला सहभागिता बढाउनका लागि नेपालआर्थिक पत्रकार समाज (सेजन)ले आधारभूतपत्रकारितातालिम सुरु गरेको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) र अन्र्तराष्ट्रिय वित्तनिगम (आईएफसी) को सहयोगमा सेजनले पत्रकारितागर्न इच्छुक र भर्खर सुरु गरेकामहिलाको लागि बेभीनारमार्फत तालिम सुरु गरेको हो । ६ वटा प्रदेशमागरिने तालिमअन्र्तगत १ सय ८० महिला सहभागीहुने कार्यक्रम छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad