Namaste Icon
Ad

अष्ट्रेलियाबाट सार्वजनिक गरियाे ‘सूर्य चन्द्र अंकित मेरो देश’ (भिडियोसहित)

अष्ट्रेलियाबाट सार्वजनिक गरियाे ‘सूर्य चन्द्र अंकित मेरो देश’ (भिडियोसहित)

मेलबर्न। भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत कार्यालयले १२ औं वार्षिकोत्सव र छठ पर्वको अवसरमा ‘सूर्य चन्द्र अंकित मेरो देश’ बोलको राष्ट्रिय गीत सार्वजनिक गरेको छ । गीतमा पत्रकार एवं साहित्यकार निरु त्रिपाठीको शब्द, बरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यको संगीत तथा नेपाल आइडल सिजन–२ की प्रतियोगी तथा अहिलेकी चर्चित गायिका अस्मिता अधिकारीको आवाज रहेको छ । जीवन रसाइलीको निर्देशनमा बनेको भिडियोको छायाँकन मेलवर्नमै गरिएको हो । गीतमा मेलवर्नमै रहँदै आएका नव कलाकार समृद्धि (शाम) हाडा, राहुल गजमेरलगायतले अभिनय गरेका छन् ।

उक्त कार्यक्रममा महावाणिज्यदूत चन्द्र योन्जनले कार्यालयले नेपाली भाषा, संस्कृति, पर्यटन र व्यवसाय प्रवद्र्धन गरिरहँदा अहिलेको परिस्थितीलाई मध्यनजर गर्दै देशभक्ती गीतको भिडियो सार्वजनिक गरिएको बताए । उनले कार्यलयले हरेक वर्ष नेपालको पर्यटन प्रर्वद्धन गर्दै आएपनि यसपाली कोरोनाको महामारीले त्यो संम्भव नभएपछि संगीतबाट भएपनि देशको प्रर्वद्धन गरौँ भनेर म्युजिक भिडियो निकालेको बताए ।


“आखिर हामी संसारमा जहाँ जसरी रहेपनि मातृभुमीको माया र महत्व सधै विषेश रहने” उनले बताए । महावाणिज्यदूत कार्यालयको जनसम्पर्क अधिकृत गीतकार त्रिपाठीको यो दोस्रो गीत हो । विदेशमा बसिरहँदा पनि स्वादेशलाई महसुस गरेर देशभक्तिले उत्प्रेरित राष्ट्रिय गीत लेख्दा मनमा आनन्द लाग्ने उनले बताइन् ।

 

Ad

सम्बन्धित समाचारहरु

दोश्रो विवाह गर्दै अभिनेत्री श्वेता खड्का

दोश्रो विवाह गर्दै अभिनेत्री श्वेता खड्का

काठमाडौ । अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्। मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्। उनीहरू दुबै केही समयदेखि प्रेममा थिए। सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन्।

शिवसेना प्रवेश गरिन अभिनेत्री उर्मिला

शिवसेना प्रवेश गरिन अभिनेत्री  उर्मिला

मुम्बई । बलिउड अभिनेत्री उर्मिला मातोण्डकर शिवसेना पार्टीमा प्रवेश गरेकी छन् । गतवर्ष कांग्रेस पार्टी छाडेकी उनले शिवसेना पार्टीमा प्रवेश गरेसँगै अभिनेत्री कंगना रनौटलाई अनावश्यक महत्व दिइएको जिकिर गरेकी छन् । बिजेपी र शिवसेनाको बीचमा वाकयुद्ध चलिरहेका बेला कंगनाले मुम्बईलाई पाकिस्तानको प्रशासित कश्मिरसँग तुलना गरेकी थिइन् । पार्टी प्रवेशसँगै अभिनेत्री उर्मिलाले भनिन्, ‘मलाई यसअद्धि पनि कंगनाको विषयमा नै धेरै प्रश्न गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad