Namaste Icon
Ad

छेडागाड नगरपालिकामा १५ शय्याको अस्पताल सञ्चालन

छेडागाड नगरपालिकामा १५ शय्याको अस्पताल सञ्चालन

जाजरकोट । पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाले १५ शय्याको स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवाको पहुँचमा नआएको पश्चिम जाजरकोटमा यो सेवा सञ्चालनसँगै यहाँका जनसाधारणले स्वास्थ्य सेवा पाउने अपेक्षा लिएका छन् । सेवा सञ्चालन गर्नका लागि नगरकै तर्फबाट अस्थायीरुपमा संरचना निर्माण गरी कामको शुरुआत गरिएको नगरप्रमुख लालबहादुर महताराले जानकारी दिए ।

सङ्घीय सरकारको एक करोड र थप नगरपालिकाकै लगानीमा अस्पताल निर्माणको काम केही दिनमै शुरु हुने प्रमुख महताराले जानकारी दिए । केही दिनमै चिकित्सकको विज्ञापन गरी अस्पतालमा सेवा दिइने छ । अहिले सदरमुकामस्थित जिल्ला अस्पतालबाट चिकित्सकलाई ल्याएर सेवा दिन लागिएको छ । एक मेडिकल अधिकृत, दुई नर्ससहित १५ जना कार्यरत रहने छन् । ल्याब, एक्सरे सेवासमेत सञ्चालनमा आउने बताएको छ ।

३९६ स्थानीय तहमा स्वास्थ्य संस्था निर्माणका लागि सरकारले घोषणा गरी काम शुरु गरिएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले जानकारी दिए । १५ मङ्सिरमा सबै स्वास्थ्य संस्थाको उद्घाटन एकै पटक गरिने मन्त्री रावतले जानकारी दिए ।

देशैभरिमा छेडागाड नगरपालिकाले पहिलोपटक नगर अस्पताल उद्घाटन गरेर सबैलाई उछिनेको छ । पन्ध्र श्ययाको अस्पतालमा रु १५ करोड बजेट सरकारले पठाउने तयारी गरिरहेको मन्त्री रावतले जानकारी दिए । देशका सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माणका लागि रु २५ करोड बजेट पठाएको समेत उनले बताए । स्वास्थ्य मन्त्रालयले निकै काम गरेको तर केही मान्छेले सो काम नदेखेको मन्त्री रावतको भनाइ थियो । कर्णालीका अधिकांश ठाउँमा ५० श्ययाको अस्पताल सञ्चालन गर्ने तयारीमा रहेको बताइएको छ । छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र जुनिचाँदे गाउँपालिका पश्चिम जाजरकोटमा पर्दछन् । रासस

Ad

सम्बन्धित समाचारहरु

गढी गाउँपालिकामा बृहत रक्तदान तथा पुरस्कार बितरण कार्यक्रम

सुनसरी । डिजिटल आदर्श गढी निर्माण अभियानमा लागेका भएका साथसाथै खेलकुदलाई विकास गर्दै रंगशाला निर्माण गर्न अहोरात्र खटिरहेका गढी गाउँपालिकाका युवाहरुले गढी गाउँपालिकामा बृहत रक्तदान तथा पुरस्कार बितरण समारोह समपन्न भएको छ। डिजिटल आदर्श गढी निर्माण समुह गढीको आयोजनामा बुधवार गढी गाउँपालिका स्थित छिटाहामा भएको रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत संकलन गरिएको छ । रेडक्रस सोसाईटी नेपालको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा यूथ फर ब्लडका यूवाहरु प्रबिण अग्रहरी, बिकास स्र्वणकार, लेसन साँपकोटा, मनिसा साहले रक्तदानको महत्वको बारेमा जानकारी दिए ।

नगरपालिकाले नै दिएन दुई वष सम्म कामदारको ज्याला

नगरपालिकाले नै दिएन दुई वष सम्म कामदारको ज्याला

डडेल्धुरा । जिल्लाकाे परशुराम धाममा धार्मीक महोत्सव लागेको दुई वर्ष हुँदा समेत कामदारले ज्याला नपाएको गुनासो गरेका छन् । नगरपालिकाको वडा नम्बर ५ परिगाउँ स्थित परशुराम धाममा १ माघ २०७५ मा लागेको महोत्सवमा काम गरेको ज्याला कामदारले नपाएका हुन् । आर्थिक अबस्था कमजोर भएर साँझ बिहानको छाँक टार्न समस्या भएको समयमा महोत्सव लाग्दा काम पाएका स्थानीय पारिश्रमिक गरे बाफतको ज्याला नपाउँदा चिन्तित बनेका छन् । घरको काम काज छोडेर महोत्सवमा चर्पीदेखि गेट सम्म बनाउने काम गरेको भएपनि पारिश्रमिक बाफतको पैसा नपाएको देबेन्द्र चन्दले गुनासो गरे ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad