Namaste Icon
Ad

मार्मिक, मर्मस्पर्शी र चेतनामुल चलचित्र ‘नदेखिएको जात’को सुटिङ सम्पन्न

मार्मिक, मर्मस्पर्शी र चेतनामुल चलचित्र ‘नदेखिएको जात’को सुटिङ सम्पन्न

काठमाडौं । अन्तरजातीय विवाह सम्बन्धि अति नै मार्मिक, मर्मस्पर्शी र चेतनामुल चलचित्र निर्माण भएको छ ‘नदेखिएको जात’ । समाजमा रहेको अन्धविस्वासको पर्खाल तोडनु पर्छ भन्ने सोचले २०६८ पुसमा अन्तरजातीय विवाह गरेका निर्देशक बेदप्रसाद भुर्तेल स्वयंको वास्तबिक जीवन कथामा आधारित चलचित्र ‘नदेखिएको जात’को अहिले प्राविधिक कार्य भईरहेको छ । चलचित्र ‘नदेखिएको जात’ले समाजमा संकुुचित भावनाबाट ग्रसितहरुको चेतना बृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास लिएको छ ।


बिरु थापा मगर र बिशाल रानाको प्रस्तुती रहेको चलचित्रमा लिला बम्जन, चन्द्र स्याङतान, श्याम कुमार बन, माधब गिरी, सन्तोष घिमिरे, नविन आचार्य, बिष्णु गीरि निर्माता रहेका छन् । चलचित्रमा गोपाल बराईली र बेद प्रसाद भुर्तेलको शब्द, सन्तोष श्रेष्ठको संगीत, प्रमोद खरेल र प्रविशा अधिकारीको स्वर रहेको छ भने कलाकारमा संजोग राणा, जानवी बस्नेत, लय संग्रौला, विशाल पहाडी, अनिता केसी, रुकु बिष्ट, किरण थापा, चन्द्र स्याङ्तान, देवी टोलङ्गी, विकास नेपाल, विष्णु गीरि आदि रहेका छन् । चलचित्रलाई सिनेमा घरमा भन्दा पनि देशभरिको विद्यालयका विद्यार्थीहरु माझ विशेष प्रदर्शन गर्दै जातिय बिभेद बिरुध्द जनचेतना जागृत गराउने निर्माण पक्षको सोच रहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

दोश्रो विवाह गर्दै अभिनेत्री श्वेता खड्का

दोश्रो विवाह गर्दै अभिनेत्री श्वेता खड्का

काठमाडौ । अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्। मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्। उनीहरू दुबै केही समयदेखि प्रेममा थिए। सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन्।

शिवसेना प्रवेश गरिन अभिनेत्री उर्मिला

शिवसेना प्रवेश गरिन अभिनेत्री  उर्मिला

मुम्बई । बलिउड अभिनेत्री उर्मिला मातोण्डकर शिवसेना पार्टीमा प्रवेश गरेकी छन् । गतवर्ष कांग्रेस पार्टी छाडेकी उनले शिवसेना पार्टीमा प्रवेश गरेसँगै अभिनेत्री कंगना रनौटलाई अनावश्यक महत्व दिइएको जिकिर गरेकी छन् । बिजेपी र शिवसेनाको बीचमा वाकयुद्ध चलिरहेका बेला कंगनाले मुम्बईलाई पाकिस्तानको प्रशासित कश्मिरसँग तुलना गरेकी थिइन् । पार्टी प्रवेशसँगै अभिनेत्री उर्मिलाले भनिन्, ‘मलाई यसअद्धि पनि कंगनाको विषयमा नै धेरै प्रश्न गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad