# भर्खरै
Namaste Icon
Ad

शिवम् सिमेन्ट उद्योगमा आगलागी

शिवम् सिमेन्ट उद्योगमा आगलागी

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताए । स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो ।– रासस

Ad

सम्बन्धित समाचारहरु

चिनीको मूल्य बढ्यो, अब उपभोक्ता मूल्य साढे ७७ रुपैयाँ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चिनीको नयाँ मूल्य निर्धारण गरेको छ । ३ मंसिरसम्म ७० रुपैयाँ प्रतिकिलोमा चिनी बिक्री गर्दै आएको कर्पोरेसनले चिनीको उपभोक्ता मूल्य बढाएर साढे ७७ रुपैयाँ पु¥याएको हो । कर्पोरेशनले बिक्री गर्ने चिनीको डिलर मूल्य ७७. दशमलव २० रुपैयाँ रहेको छ । कर्पोरेसनले हालैमात्र भारतबाट आयात गरेको २० हजार मेट्रिक टन चिनीको नयाँ मूल्य निर्धारण गरेको हो । उक्त चिनीको मूल्य प्रतिकेजी ७७ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । उक्त मूल्य डिलरका लागि हो । वीरगञ्जमा भने डिलरमा प्रतिकेजी चिनी ७४ दशलमव ५० रुपैयाँ पर्ने कर्पोरेसनले जानकारी दिएको छ । आमउपभोक्ताले चिनी खरिद गर्नका लागि १ सय ५५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । कर्पोरेसनले बिक्री गर्ने चिनीको प्याकेटमा दुई केजी रहेको छ ।

ललितपुर चेम्बर अफ कमर्सका व्यवसायीलाई मेडीसिटी अस्पतालको विशेष हेल्थ प्याकेज

ललितपुर । ललितपुर चेम्बर अफ कमर्स र ललितपुरको मेडीसिटी अस्पताल बीच चेम्बरमा आबद्ध उद्यमी व्यवसायीलाई विशेष स्वास्थ्य प्याकेज एबम स्वास्थ्य सेवामा छुटको व्यवस्था हुने गरी द्वीपक्षीय आपसी सहमतिपत्र (MOU) मा हस्ताक्षर भएको छ। सोमबार मेडीसिटी अस्पतालमा आयोजित विशेष समारोहमा ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य र अस्पतालका महाप्रबन्धक विजय रिमालबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad