Namaste Icon
Ad

बाजुराको बार्जुगाड खोला नजिक ट्रक पल्टिदा सडक अवरुद्ध

बाजुराको बार्जुगाड खोला नजिक ट्रक पल्टिदा सडक अवरुद्ध

बाजुरा । बाजुराको बुढिगंगा नगरपाललिका ६ बार्जुगाड खोला नजिक ट्रक पल्टिदा बाटो अबरुद्ध भएको छ । धनगढीबाट १० टन नुन बोकेर बाजुराको बाम्का बजारको लागि आईरहेको ना ५ ख ४३३८ नम्बरको मिनि टाटा ट्रक विहान ६ बजे वार्जुगाड खोला नजिकको पहिरोमा पल्टिएको प्रहरी चौकी बार्जुगाडका प्रहरी हल्दार हेमराज भट्टले जानकारी दिए ।

दर्पण दैनिकसँग कुरा गर्दै उनले भने, ‘ट्रक सडकमै पल्टिएको कारण बाटो बन्द छ, बाटो खुलाउने प्रयास भइरहेको छ ।’ प्रहरीका अनुसार ट्रकको ब्रेक फेल भएपछि सडकमै पल्टिएको हो, मानवीय क्षती भने नभएको बताइएको छ । ट्रक पल्टिएपछि बाजुराबाट छुटेका र धनगढी महेन्द्रनगर तथा छिमेकी जिल्ला अछामबाट छुटेका सवारी साधन बाटोमै रोकिनु परेको छ ।

Ad

सम्बन्धित समाचारहरु

पाँचवटा गोली लागेको अवस्थामा एक पुरुष वेवारिसे अवस्थामा फेला

काठमाडौं । दाङमा गोली लागेको अवस्थामा एक पुरुष वेवारिसे अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार पाँच वटा गोली लागेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका–१३ बराहाखुटीका ४५ वर्षीय खुसलराम पौडेल फेला परेका हुन् । बुधबार राति साढे १० बजे दाङ लमही नगरपालिका–९ च्याउ खोला ९जंगल०मा गोली लागेर गम्भीर घाइते भएको अवस्थामा पौडेल फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

गढी गाउँपालिकामा बृहत रक्तदान तथा पुरस्कार बितरण कार्यक्रम

सुनसरी । डिजिटल आदर्श गढी निर्माण अभियानमा लागेका भएका साथसाथै खेलकुदलाई विकास गर्दै रंगशाला निर्माण गर्न अहोरात्र खटिरहेका गढी गाउँपालिकाका युवाहरुले गढी गाउँपालिकामा बृहत रक्तदान तथा पुरस्कार बितरण समारोह समपन्न भएको छ। डिजिटल आदर्श गढी निर्माण समुह गढीको आयोजनामा बुधवार गढी गाउँपालिका स्थित छिटाहामा भएको रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत संकलन गरिएको छ । रेडक्रस सोसाईटी नेपालको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा यूथ फर ब्लडका यूवाहरु प्रबिण अग्रहरी, बिकास स्र्वणकार, लेसन साँपकोटा, मनिसा साहले रक्तदानको महत्वको बारेमा जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad