Namaste Icon
Ad

चर्चित हास्यकलाकार भारती सिंहको घरमा एनसीबीको छापा

चर्चित हास्यकलाकार भारती सिंहको घरमा एनसीबीको छापा

चर्चित भारतीय कमेडियन भारती सिंहको घरमा एनसीबीले छापा मारेको छ। ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्युरोले कमेडियन सिंहको अन्धेरीस्थित घरमा छापा मारेको हो।

यस विषयमा थप विवरणहरू भने सार्वजनिक गरिएको छैन। एनसीबीले ड्रग्स प्रकरणमा धेरै स्टार कलाकारहरुलाई निशाना बनाएको छ। हालसालै अभिनेता अर्जुन रामपालको घरमा छापा मार्नुका साथै उनीसँग सोधपुछ गरेको थियो।

भारती सिंहको भारतकी चर्चित हास्यकलाकार हुन। हाल उनी कपिल शर्मा शोको एक हिस्सा हुन्। भारतीको घरमा छापाको खबरले उनका प्रशंसकहरूलाई निराश बनाएको छ। यद्यपि यस विषयमा थप विवरण आउन बाँकी छ। भारतीमाथि एनसीबीको अबको कदम के हुन्छ भन्ने हेर्न बाँकी नै छ।

Ad

सम्बन्धित समाचारहरु

फिटनेस प्रशिक्षकसँग डेटमा इरा खान !

फिटनेस प्रशिक्षकसँग डेटमा इरा खान !

बलिउडका सुपरस्टार अभिनेता आमिर खानकी छोरी इरा खान सामाजिक सञ्जालमा एकदमै सक्रिय छन्। उनले आफ्ना हरेक कुराहरु सामाजिक सञ्जालमार्फत सेयर गर्दै आइरहेकी छन्। इराको प्रेमी मिशाल कृपलानीसँग ब्रेकअपको समाचार केही समय अगाडि सञ्चारमाध्यममा आएको थियो। ब्रेकअपको खबर सेलाउन नपाउँदै उनी फेरि प्रेममा रहेको खबर सार्वजनिक भएको छ।

कंगनाविरुद्धको एफआईआरको सुनुवाई आज

कंगनाविरुद्धको एफआईआरको सुनुवाई आज

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको अर्जीमाथि आज बम्बे हाईकोर्टले सुनुवाई गर्दैछ । कंगना र उनकी बहिनी रंगोलीले मुम्बई पुलिसको एफआईआर रद्द गर्ने अपील गरेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad