Namaste Icon
Ad

काठमाडौंबाट विप्लव समुहका तीन विद्यार्थी नेता पक्राउ

काठमाडौंबाट विप्लव समुहका तीन विद्यार्थी नेता पक्राउ

काठमाडौं । प्रहरीले सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तीनजना विद्यार्थी नेतालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

परिसरका प्रहरी उपरीक्षक तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार पक्राउ पर्नेहरु तिनैजना विद्यार्थी नेता हुन् । यद्यपि उनीहरुले संगठनमा आफ्नो भूमिकाबारे प्रहरीसमक्ष बताएका छैनन् ।

पक्राउ पर्नेहरुमा कैलाली टिकापुर–३ घर भएका २४ वर्षीय मेगेन्द्र न्यौपाने, कालिकोट पन्चालझर्ना गाउँपालिका–४ घर भएका २५ वर्षीय हंशराज सेजुवाल र काभ्रे घर भएका १८ वर्षीय रमेश क्षेत्री रहेको राठौरले बताए । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

बिरामी बोकेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन बेपत्ता

काठमाडौं । प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट लु१च ९७३१ नम्बरको गाडी आज बिहान ५ः३० बजे सडकबाट करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो ।

आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई ३७ वर्ष जेल सजाय

मकवानपुर । जिल्ला अदालत मकवानपुरले आफ्नै छोरी बलात्कारमा संलग्न एक बाबुलाई ३७ वर्ष कैद सजायको फैसला गरेको छ। १४ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा न्यायाधीश सीता शर्माको एकल इजलासले ४२ वर्षीय बाबुलाई ३७ वर्ष जेल सजाय गर्न आदेश दिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad