# भर्खरै
Namaste Icon
Ad

काठमाडौं महानगरले निःशुल्क पीसीआर परीक्षण गर्ने

काठमाडौं महानगरले निःशुल्क पीसीआर परीक्षण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि आइतबारदेखि स्वाब संकलन शुरु गर्ने भएको छ । निःशुल्क पीसीआर परीक्षणका लागि सरकारी मापदण्डमा परेकाहरुको स्वाब संकलन गर्न लागिएको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । सरकारले आफ्नै खर्चमा पीसीआर टेष्ट गर्नुपर्ने निर्णय गरेपछि महानगरले स्वाब संककलन नै रोकेको थियो । अहिले सरकारले आफ्नो निर्णय सच्याएको छ र लक्षण भएकाहरुको सरकारी ल्याबमा निःशुल्क टेष्ट गर्ने बताएको छ ।

महानगरले पनि कन्ट्याक ट्रेसिङमा परेका लक्षण भएकाहरुको स्वाब संकलन सुरु गर्न लागेको छ । शनिबार एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मेयर शाक्यले परीक्षणको दायरा फराकिलो बनाउने लागिएको बताए ।

साथै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकहरुको स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए । मेयर शाक्यले उपत्यकामा बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए । भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० लाई सुझाव दिइसकेको भन्दै उनले त्यसअनुसार सरकारले निर्णय हुने विश्वास व्यक्त गरे ।

Ad

सम्बन्धित समाचारहरु

विप्लव समूहका ६ जना नेताकार्यकर्ता पक्राउ

विप्लव समूहका ६ जना नेताकार्यकर्ता पक्राउ

लमजुङ । विस्फोटक पदार्थसहित नेत्रविक्रम चन्द समूहका ६ नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दोर्दी गाउँपालिका– ५ खिमचोक पाँचस्वाँरामा उनीहरुले अवाच्छनीय गतिविधि गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा आज अपराह्न १ बजे प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाको नेतृत्वमा गएको टोलीले उनिहरुलाई घेराबन्दी गरेर पक्राउ गरेको हो ।

फक्ताङ्लुङमा ओली पत्नीद्वारा ५ लाखको अक्षयकोष स्थापना

ताप्लेजुङ। प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यले फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपस्थित घुन्सा निमाविका विद्यार्थीका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad