Namaste Icon
Ad

ओली समर्थक कार्यकर्ताद्वारा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार

ओली समर्थक कार्यकर्ताद्वारा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार

काठमाडौं । चितवनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले आफ्नै नेतामाथि दुर्व्यवहार गरेका छन्। शनिबार बिहान नेकपा चितवन राप्ती नगरकमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि दुव्र्यवहार गरेका हुन्।

नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा नेता पाण्डेले बोलिरहेका समयमा कमिटीभन्दा बाहिरका १५/२० जनाको समूह बैठकस्थलमा प्रवेश गरी नारावाजी गरेका हुन्। उनीहरुले गुटको भेला गर्न पाइँदैन, पार्टी एकता जिन्दाबाद, राजनेता केपी ओली जिन्दाबाद भन्दै नारा लगाएर बैठक तथा प्रशिक्षण कार्यक्रममा अवरोध पु¥याएका थिए। नगर कमिटी ईन्चार्ज मानबहादुर स्याङ्बोले कार्यक्रममा कमिटीभन्दा बाहिरका केही मान्छे प्रवेश गरी हो–हल्ला गरेको र त्यसपछि कार्यक्रम स्थगित गरिएको बताए।

Ad

सम्बन्धित समाचारहरु

तनहुँबाट सुरु भएको सर्वसत्तावादविरुद्धको आन्दोलन अब राेकिदैन : पौडेल

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँबाट सुरु भएको सर्वसत्तावादविरुद्धको आन्दोलन उसै नरोकिने चेतावनी दिएका छन्। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सही अर्थमा साकार नगरेसम्म आन्दोलन नरोकिने उनको भनाइ छ। तनहुँको व्यास नगरपालिकास्थित बुल्दी खोलाको पुल बिहीबार उद्घाटन गर्दै ओलीले कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी नहुने भन्दै प्रधानमन्त्री केपी ओलीको पनि चर्को आलोचना गरे। उनले भने, ‘मलाई लागेको थियो, केपी ओली सुध्रे होलान् भनेर। तर सध्रने त कुनै छाँट छैन। कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुँदैनन्।’

‘नेकपा फुट्नका लागि बनेको पार्टी होइन’

‘नेकपा फुट्नका लागि बनेको पार्टी होइन’

इलाम । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको बताएका छन । सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने दृढता व्यक्त गरे । अर्को प्रसङ्गमा मुख्यमन्त्री राईले यस तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको बताउँदै भने, ‘हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौंँ ।’ उनले कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको बताए । उनले भने, 'अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प छैन ।'– रासस

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad