Namaste Icon
Ad

चितवनमा सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गरेको प्रति नेपालको आपत्ति

चितवनमा सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गरेको प्रति नेपालको आपत्ति

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेविरुद्ध चितवनमा पार्टीकै कार्यकर्ताले अभद्र व्यवहार गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले भर्त्सना गरेका छन् ।

चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यसमेत रहेका पाण्ढेविरुद्ध मन्तव्य राखिरहेका बेला अनाधिकृत रूपमा प्रवेश गरेका व्यक्तिहरूले सुनियोजित रूपमा अभद्र व्यवहार देखाउनुका साथै नाराबाजीसमेत गरेका थिए । वरिष्ठ नेता नेपालले सामाजिक सञ्जाल ट्विटरमार्फत उक्त घटनाको भर्त्सना र निन्दा गरेका हुन् ।

‘हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु’,ले उल्लखे गरेका छन् ।


साथै उनले उक्त कार्य गर्ने/गराउने जो सुकै भए पनि छानबिन गरी कडा कार्बाही गर्न स्थानीय पार्टी एवं सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् । 'सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउँने उक्त कार्य गर्ने/गराउने जो सुकै भए पनि छानबिन गरी कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँछु ।'

 

Ad

सम्बन्धित समाचारहरु

तनहुँबाट सुरु भएको सर्वसत्तावादविरुद्धको आन्दोलन अब राेकिदैन : पौडेल

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँबाट सुरु भएको सर्वसत्तावादविरुद्धको आन्दोलन उसै नरोकिने चेतावनी दिएका छन्। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सही अर्थमा साकार नगरेसम्म आन्दोलन नरोकिने उनको भनाइ छ। तनहुँको व्यास नगरपालिकास्थित बुल्दी खोलाको पुल बिहीबार उद्घाटन गर्दै ओलीले कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी नहुने भन्दै प्रधानमन्त्री केपी ओलीको पनि चर्को आलोचना गरे। उनले भने, ‘मलाई लागेको थियो, केपी ओली सुध्रे होलान् भनेर। तर सध्रने त कुनै छाँट छैन। कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुँदैनन्।’

‘नेकपा फुट्नका लागि बनेको पार्टी होइन’

‘नेकपा फुट्नका लागि बनेको पार्टी होइन’

इलाम । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको बताएका छन । सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने दृढता व्यक्त गरे । अर्को प्रसङ्गमा मुख्यमन्त्री राईले यस तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको बताउँदै भने, ‘हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौंँ ।’ उनले कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको बताए । उनले भने, 'अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प छैन ।'– रासस

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad