Namaste Icon
Ad

सम्झौता अनुसारको काम नगर्ने पाँच निर्माण कम्पनी कालोसुचिमा

सम्झौता अनुसारको काम नगर्ने पाँच निर्माण कम्पनी कालोसुचिमा

काठमाडौं । ठेक्का लिएर सम्झौता अनुसारको काम नगरेपछि ५ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसुचिमा राखेको छ ।  ठेक्का दिएका र अनुगमन गरिरहेका निकायको सिफारिसमा निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखिएको सो कार्यालयले शनिबार सूचना जारी गर्दै कालोसुचिमा राखेको जनाएको हो ।कालोसुचीमा पर्नेमा थाइल्याण्डको वोरा इन्टरट्रेड कम्पनी, काठमाडौंको बीएस ट्रेड इन्टरनेशनल, बझाङको बजरंगबली निर्माण सेवा, डडेलधुराको बी एण्ड एम निर्माण सेवा, रोल्पाको दे विशेष तारा निर्माण सेवा र धादिङको ढकाल कन्स्ट्रक्सन रहेका छन ।

वोरा र बीएस ट्रेड कम्पनीलाई कालोसूचीमा राख्न नेपाली सेनाको सम्भाररथी विभाग जंगी अड्डा काठमाडौंले सिफारिस गरेको हो । बजरंगबलीलाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत अन्तर्गतको सडक डिभिजन बैतडीले सार्जनिक खरिद अनुगमन कार्यालयलाई लेखिपठाएको पनि सूचनामा उल्लेख छ ।

यस्तै बी एण्ड एमलाई डडेलधुराको पूर्वाधार विकास कार्यालय, दे विशेष तारालाई रोल्पाको डिभिजन वन र ढकाल कन्स्ट्रक्सनलाई धादिङको गल्छी गाउँपालिकाले कालोसूचीमा राख्न सिफारिस गरेका हुन । खरिद अनुगमन कार्यालयले कम्पनीका जिम्मेवारहरू भुपेन्द्र सिंह, धर्मराज कोइराला, जगन्नाथ नाथ, देवराज जिसी र रमेश ढकालविरूद्ध सूचना जारी गर्दै एक वर्षसम्म सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाइने सूचनामा उल्लेख छ ।

 

Ad

सम्बन्धित समाचारहरु

सुनको मूल्यमा १ हजार ६०० ले बृद्धि

सुनको मूल्यमा १ हजार ६०० ले बृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक हजार ६०० ले वृद्धि भई रु ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा रु एक हजार ६०० ले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला रु ९० हजार ५५० मा बुधबार कारोवार भएको तेजाबी सुन आज प्रतितोला रु ९२ हजार १५० मा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ ।

२ प्रतिशत व्याजदरमै ५० लाखसम्म ऋण, कस्ताे छ प्रक्रिया ?

काठमाडौं । के तपाईंसँग नयाँ खालको सोच छ, केही नयाँ नौलो काम गर्ने इच्छा राख्नुभएको छ? आर्थिक स्रोतको अभावका त्यस्ता सिर्जनात्मक काम गर्न पाउनुभएको छैन भने अब तपाइ लागि कुनै समस्या नहुने भएको छ। सरकारले नवीनतम् ज्ञान, सीप र क्षमता भएको आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई सरल रुपमा आर्थिक स्रोत उपलब्ध गराउने भएको छ। त्यस्तो स्रोतको उपयोग गरेर सिर्जनात्मक काम गर्न सकिनेछ। सरकारले नवप्रवर्तनकारी उद्यम तथा व्यवासय सञ्चालनलाई शुरुआती पूँजी उपलब्ध गराउने उद्देश्यले ‘नवप्रवर्तन शुरुआती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७७’ जारी गरेको छ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलका अनुसार कार्यविधिअनुसार नै शीघ्र कार्यान्वयनमा लैजाने मार्ग प्रशस्त भएको उल्लेख गर्दै सिर्जनात्मक काम गर्नेलाई सरकारले साथ दिन लागेको छ। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा नवप्रवर्तनका कामलाई अगाडि बढाउने उल्लेख छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकबाट स्वीकृत कार्यविधिअनुसार कर्जा प्रवाहसम्बन्धी कार्यलाई व्यवस्थित गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षले तोकेको सदस्य संयोजक रहेको निर्देशक समिति हुनेछ। समितिले उद्योग, कृषि, ऊर्जा, स्वास्थ्य, पर्यटन, शिक्षा, सूचना प्रविधि लगायतका क्षेत्रमा आवश्यक लगानीयोग्य पूँजी जुटाउन नसकेका लघु, घरेलु, साना तथा मझौला, उद्यमी, व्यवसायी वा आविष्कारकर्तालाई कर्जा प्रदान गर्न प्रस्ताव आह्वान गर्नेछ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad