Namaste Icon
Ad

सेन्चुरीको अनलाइन एकाउन्ट सेवा सुरु

सेन्चुरीको अनलाइन एकाउन्ट सेवा सुरु

काठमाडौ । सेन्चुरी कमर्सियल बैंकले डिजिटल बैंकिङलाई अझै सहज बनाउने प्रयासस्वरूप ग्राहकको सेवालाई ध्यानमा राखी सेन्चुरी सहज खाता र सेन्चुरी क्लिक एकाउन्ट भन्ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ ।  ग्राहकले घरमै बसेर शून्य मौज्दातमा खोलिने सो खातामा बैंकले वार्षिक ५ दशलमव ५० प्रतिशतको दरले त्रैमासिक रूपमा ब्याज भुक्तानी गर्नेछ । बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने सो खाता डिजिटली खुल्ने र ग्राहक बैंकमा उपस्थित हुनुनपर्ने हुँदा डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सो बचत खाता प्रवद्र्धनका निम्ति बढी ब्याजदर दिइएको हो ।

सेन्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै सो खातामा तुरुन्तै पैसा जम्मा गरी सेन्चुरीपेमार्फत वालेटको कारोबारसमेत गर्न सकिनेछ । यस नयाँ सेवामार्फत ग्राहकवर्गले विभिन्न डिजिटल माध्यमबाट प्रतिदिन ५ हजार बराबर क्यासलेस कारोबार गर्न सक्नेछन् । सो खातामा वार्षिक १ लाखसम्म कारोबार गर्न सकिनेछ ।

सेन्चुरी क्लिक एकाउन्टमा नयाँ ग्राहकले अनलाइनबाटै खाता खोल्नको साथै सो खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । सो खातामा वार्षिक १५ लाखसम्म कारोबारसमेत गर्न सकिनेछ । विशेषगरी विदेशमा रहेका नेपालीलाई लक्षित गरी बैंकले यो खाता सञ्चालनमा ल्याएको हो । सो खाता खोल्दा आवश्यक भेरिफिकेसन कोड बैंकले आधिकारिक मोबाइलमा वा इमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र सञ्चालन गर्न सकिनेछ ।

 

Ad

सम्बन्धित समाचारहरु

सुनको मूल्यमा १ हजार ६०० ले बृद्धि

सुनको मूल्यमा १ हजार ६०० ले बृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक हजार ६०० ले वृद्धि भई रु ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा रु एक हजार ६०० ले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला रु ९० हजार ५५० मा बुधबार कारोवार भएको तेजाबी सुन आज प्रतितोला रु ९२ हजार १५० मा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ ।

२ प्रतिशत व्याजदरमै ५० लाखसम्म ऋण, कस्ताे छ प्रक्रिया ?

काठमाडौं । के तपाईंसँग नयाँ खालको सोच छ, केही नयाँ नौलो काम गर्ने इच्छा राख्नुभएको छ? आर्थिक स्रोतको अभावका त्यस्ता सिर्जनात्मक काम गर्न पाउनुभएको छैन भने अब तपाइ लागि कुनै समस्या नहुने भएको छ। सरकारले नवीनतम् ज्ञान, सीप र क्षमता भएको आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई सरल रुपमा आर्थिक स्रोत उपलब्ध गराउने भएको छ। त्यस्तो स्रोतको उपयोग गरेर सिर्जनात्मक काम गर्न सकिनेछ। सरकारले नवप्रवर्तनकारी उद्यम तथा व्यवासय सञ्चालनलाई शुरुआती पूँजी उपलब्ध गराउने उद्देश्यले ‘नवप्रवर्तन शुरुआती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७७’ जारी गरेको छ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलका अनुसार कार्यविधिअनुसार नै शीघ्र कार्यान्वयनमा लैजाने मार्ग प्रशस्त भएको उल्लेख गर्दै सिर्जनात्मक काम गर्नेलाई सरकारले साथ दिन लागेको छ। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा नवप्रवर्तनका कामलाई अगाडि बढाउने उल्लेख छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकबाट स्वीकृत कार्यविधिअनुसार कर्जा प्रवाहसम्बन्धी कार्यलाई व्यवस्थित गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षले तोकेको सदस्य संयोजक रहेको निर्देशक समिति हुनेछ। समितिले उद्योग, कृषि, ऊर्जा, स्वास्थ्य, पर्यटन, शिक्षा, सूचना प्रविधि लगायतका क्षेत्रमा आवश्यक लगानीयोग्य पूँजी जुटाउन नसकेका लघु, घरेलु, साना तथा मझौला, उद्यमी, व्यवसायी वा आविष्कारकर्तालाई कर्जा प्रदान गर्न प्रस्ताव आह्वान गर्नेछ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad