Namaste Icon
Ad

छैटौं धारा नेपालगन्ज म्याराथनको उपाधि गोपीचन्द्रलाई

छैटौं धारा नेपालगन्ज म्याराथनको उपाधि  गोपीचन्द्रलाई

नेपालगन्ज । ओलम्पिक छनोटको रुपमा रहेको छैटौं धारा नेपालगन्ज म्याराथनको च्याम्पियन बन्दै विभागीय नेपाल एपिएफ क्लबका धावक गोपीचन्द्र पार्की ओलम्पिकलाई छनोट हुन सफल भएका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) का ५ हजार मिटर दौडका स्वर्ण विजेता गोपीचन्द्र पार्की अर्काे वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा सहभागि हुनेछन् । टोकियो ओलम्पिकमा एथ्लेटिक्स खेलाडीले भाग लिने नेपालगन्ज म्याराथन अन्तिम छनोट प्रतियोगिता रहेको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी गराए ।


शनिबार बिहान भएको म्याराथनमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का ५ हजार मिटर दौडका स्वर्ण विजेता गोपीले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतलाई पछि पार्दै च्याम्पियन बनेका हुन् । पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटर दुरी २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा पुरा गरे । च्याम्पियन बनेसँगै गोपीले ७५ हजार रुपैया हात पारे । दोस्रो भएका आर्मीका बस्नेतले २ घन्टा २० मिनेट ४९ सेकेन्डमा पुरा गरे । आर्मीकै खगेन्द्र भाटले २ घन्टा २७ मिनेट २८ सेकेन्डमा पुरा गर्दै तेस्रो स्थान हासिल गरे । दोस्रो भएको बस्नेतले ३० हजार तथा तेस्रो भएको खगेन्द्र भाटले २० हजार रुपैयाँ प्राप्त गरे ।


गतवर्षको विजेता आर्मीकै नवराज साउदले २ घन्टा ३१ मिनेट २१ सेकेन्डमा चौथो स्थान हासिल गरे । नेपाली सेनाकै ज्ञानप्रसाद भट्टराईले २ घन्टा ४६ मिनेट ४१ सेकेन्डमा पाँचौ स्थान हासिल गरे । सुदुरपश्चिम प्रदेशका मुकेश बहादुर पालले २ घन्टा ४७ मिनेट ५५ सेकेन्डमा पुरा गर्दै छैटौ स्थान हासिल गरे । चौथो भएको साउदले १०, पाँचौं भएको ज्ञानप्रसाद भट्टराईले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।


नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्गा बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र पाँचौमा सेनाका नवराज साउद विजेता भएका थिए । यस्तै विभागीय टोली एपीएफकी पुष्पा भण्डारीले महिला हाफ म्याराथनको उपाधि जितेकी छिन् । पुष्पाले निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेकी हुन् ।


१३ औं सागमा रजत पदक विजेता पुष्पाले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त गर्नेछिन् । दोस्रो स्थान कर्णाली प्रदेशकी मन्जु रावतले प्राप्त गरिन् । जुम्लाकी धाविका मन्जुले १ घण्टा ३० मिनेट ७ सेकेन्डमा दुरी पुरा गर्दै १५ हजार रुपैयाँ जितिन् । लुम्बिनी प्रदेशकि शर्मिला घर्तीले तेस्रो स्थान हासिल गरिन् । दाङकी शर्मिलाले १ घण्टा ३८ मिनेट १४ सेकेन्डमा दुरी पुरा गरेकी हुन् । उनले १० हजार रुपैयाँ पाउने छिन् । चौथो स्थानमा सुदूरपश्चिमकी सकुन्तला ठगुन्नाले १ घण्टा ४२ मिनेट ६ सेकेन्डको समय निकालिन् । लुम्बिनीकै अनिशा चौधरी पाँचौ तथा कलपना चौधरी छैटौं भए । अनिशाले १ घण्टा ४२ मिनेट २२ सेकेन्ड तथा कल्पना ३० सेकेन्डले पछि परिन् । चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

Ad

सम्बन्धित समाचारहरु

पीएसजी र युनाइटेडको भिडन्तले बढायो समूहको प्रतिस्पर्धा

काठमाडौं । बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले म्यानचेस्टर युनाइटेडलाई हराएसँगै समूहको प्रतिस्पर्धा बढेको छ। युनाइटेडको मैदानमा ब्राजिलियन फरवार्ड नेयमारले दुई गोल गरेपछि पीएसजीले घरेलु टिमविरुद्ध ३–१ गोलको जित निकालेको थियो।

च्याम्पियन्स लिगमा रियल म्याड्रिड पराजति

च्याम्पियन्स लिगमा रियल म्याड्रिड पराजति

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड पराजति भएको छ। गएराति भएको खेलमा रियल म्याड्रिड शख्तर डोनेटस्कसँग २(० गोल अन्तरले पराजित भएको हो।​ शख्तरका लागि डेन्टिन्हो र मानोर सोलोमनले एक एक गोल गरेका हुन् । यो हारपछि रियल म्याड्रिड समुह चरणबाटै बाहिरिने सम्भावना बढेको छ। अहिले रियल म्याड्रिडको ५ खेलमा ७ अंक छ भने समुहमा तेस्रो स्थानमा रहेको छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad