Namaste Icon
Ad

झलनाथ खनालले भने, ‘सुरेन्द्र पाण्डेमाथिको दुर्व्यवहार सुनियोजित, कडा कारवाहीका माग गर्दछु'

झलनाथ खनालले भने, ‘सुरेन्द्र पाण्डेमाथिको दुर्व्यवहार सुनियोजित, कडा कारवाहीका माग गर्दछु'

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले चितवनमा नेता सुरेन्द्र पाण्डे सुनियोजित रुपमा दुर्व्यवहार गरिएको बताएका छन्। शनिबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै वरिष्ठ नेता खनालले नेता पाण्डेमाथि भएको दुर्व्यवहारको निन्दा एवं भत्र्सना गर्दै सम्लग्न व्यक्तिलाई कडाभन्दा कडा कारवाहीको माग गरेका छन्।

‘कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ। यस्तो गैह्र जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु’, खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्शविपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत गराउँछु।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको समधानका लागि उपायहरु खोजी भइरहेका बेला यस्ता घटनाले स्थितिलाई झनै उत्तेजक बनाउने भन्दै सचेत रहन नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन्।

Ad

सम्बन्धित समाचारहरु

‘नेकपा फुट्नका लागि बनेको पार्टी होइन’

‘नेकपा फुट्नका लागि बनेको पार्टी होइन’

इलाम । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको बताएका छन । सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने दृढता व्यक्त गरे । अर्को प्रसङ्गमा मुख्यमन्त्री राईले यस तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको बताउँदै भने, ‘हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौंँ ।’ उनले कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको बताए । उनले भने, 'अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प छैन ।'– रासस

महिला संघले माग्‍यो गृहमन्त्री थापाको राजीनामा

महिला संघले माग्‍यो गृहमन्त्री थापाको राजीनामा

काठमाडौं । नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागेको छ। संघले बिहीबार विज्ञप्ति जारी गर्दै बुधबार तनहुँमा पुल उद्घाटन गर्न गाएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बदनियत पूर्ण रुपमा दुर्व्‍यवहार गरेको भन्‍दै गृहमन्त्रीको राजीनामा मागेको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad